अमेरिकी सुरक्षा नियामकले थप्यो फोर्डको ह्याण्ड्स फ्री एडभान्स ड्राइभर असिस्टेन्समाथिको अनुसन्धान

Technology Khabar ९ माघ २०८१, बुधबार

अमेरिकी सुरक्षा नियामकले थप्यो फोर्डको ह्याण्ड्स फ्री एडभान्स ड्राइभर असिस्टेन्समाथिको अनुसन्धान
Global IME Bank

काठमाडौं ।

अमेरिकी संघीय सुरक्षा नियामकले फोर्डको ‘ब्लूक्रुज’ नामक ह्याण्ड्स फ्री एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमको अनुसन्धानलाई थप अगाडि बढाएको छ। यो कदम सम्भावित रिकलबारे निर्णय गर्नुअघि आवश्यक प्रक्रिया हो।

नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) को डिफेक्ट्स अनुसन्धान कार्यालयले गत अप्रिलमा फोर्ड ब्लूक्रुजमाथि अनुसन्धान थालेको थियो। यो अनुसन्धान दुई घातक दुर्घटनामा फोर्ड मस्टाङ्ग म्याक ई गाडीहरूको संलग्नता पुष्टि भएपछि सुरु भएको हो। दुवै घटनामा मस्टाङ्ग म्याक ई गाडीहरूले स्थिर सवारीहरूलाई ठक्कर दिएका टेकक्रञ्चले उल्लेख गरेको छ।

यस हप्ता एनएचटीएसएले अनुसन्धानलाई इन्जिनियरिङ्ग विश्लेषणमा अपग्रेड गरेको जानकारी दियो। यसले ब्लूक्रुज र यसको सम्भावित सीमाहरूको गहिरो अध्ययन गर्न एजेन्सीलाई सक्षम बनाउँछ। यसमा सवारी परीक्षण, प्राविधिक जानकारीको समीक्षा, र सम्बन्धित दुर्घटना तथा गैर-दुर्घटना रिपोर्टहरूको थप विश्लेषण समावेश हुनेछ।

एनएचटीएसएका अनुसार, अनुमानित १,२९,२२२ फोर्ड मस्टाङ्ग म्याक ई गाडीहरू ब्लूक्रुजको साथ सुसज्जित छन्। फोर्डका प्रवक्ताले टेकक्रन्चलाई बताए अनुसार  कम्पनीले एनएचटीएसएलाई अनुसन्धानमा सहयोग गर्दैछ।

ब्लूक्रुजमा “केही अवस्थाहरूमा स्थिर सवारीहरूको पहिचान गर्न सीमाहरू” रहेको एजेन्सीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ती सीमाहरूमा ६२ माइल प्रतिघण्टा वा सोभन्दा माथिको गतिमा लामो दूरीमा स्थिर वस्तुहरूलाई गलत रूपमा पहिचान गर्ने सम्भावना पर्छ।

“यसबाहेक, अपर्याप्त प्रकाशको कारण देखिने क्षमतामा कमी हुँदा प्रणालीको प्रदर्शन सीमित हुन सक्छ,” एनएचटीएसएले जनाएको छ।

फोर्डले ब्लूक्रुज २०२१ मा एफ-१५० पिकअप ट्रक र केही २०२१ मस्टाङ्ग म्याक ई मोडेलहरूमा सुरु गरेको थियो। यो ह्याण्ड्स फ्री प्रणालीले क्यामेरा, रडार सेन्सर, र सफ्टवेयर प्रयोग गरेर अनुकूलित क्रुज नियन्त्रण, लेन सेन्टरिङ, र स्पीड-साइन पहिचान जस्ता सुविधा प्रदान गर्छ।

टेकक्रञ्चका अनुसार ब्लूक्रुज र यसको प्रतिस्पर्धी जीएमको सुपर क्रुज प्रणाली ह्याण्ड्स फ्री भए पनि, गाडीभित्र रहेको क्यामराले ड्राइभरको आँखा सडकमा केन्द्रित छ कि छैन भनेर निगरानी गर्छ।

यी प्रणालीहरू टेस्लाको अटोपाइलटसँग प्रतिस्पर्धा गर्छन्। टेस्लाको अटोपाइलटले ड्राइभरको हात स्टेयरिङमा राख्नुपर्ने आवश्यकता राख्छ। टेस्लाको अटोपाइलट र अपग्रेड गरिएको ‘फुल सेल्फ-ड्राइभिङ’ सफ्टवेयर फोर्ड ब्लूक्रुजभन्दा कम सीमित मानिन्छ। ब्लूक्रुज केवल पूर्व-नक्साङ्कन गरिएका राजमार्गहरूमा मात्र काम गर्छ।

गत अक्टोबरमा एनएचटीएसएले टेस्लाको ‘फुल सेल्फ-ड्राइभिङ (सुपरभाइज्ड)’ सफ्टवेयरमाथि पनि अनुसन्धान थालेको थियो। यो अनुसन्धान चार कम दृश्यता भएका अवस्थाहरूमा भएको दुर्घटनापछि सुरु गरिएको थियो। ती घटनाहरूमा एक व्यक्तिको मृत्यु पनि भएको थियो। यो अनुसन्धान हालसम्म जारी छ।

Sajilo Visa

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार