Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
अमेरिकामा हालै प्रतिबन्धित हुने हाइ–प्रोफाइल एपहरुमा बाइटडान्सको भिडियो सम्पादन एप क्यापकटथि पनि परेको छ। यसै अवस्थालाई मध्यनजर गर्दै मेटाले कुनै समय खेर नफाली क्रियटर्सहरूका लागि इडिट्स नामको आफ्नै निः शुल्क भिडियो इडिटरको घोषणा गरेको छ।
हाल यूएस एप स्टोरमा उक्त एप प्रि–अर्डरमा रहेको र अर्को महिना लाइभ हुने अपेक्षा गरिएको छ। इन्स्टाग्राम प्रमुख एडम मोसेरीले एन्ड्रोइड संस्करण पनि “चाँडै आउँदैछ” भनेर पुष्टि गरेको उल्लेख छ।
इडिट्समा प्रयोगकर्ताहरूले भर्टिकल–स्टाइल (ठाडो–शैली) को भिडियोहरूको लागि फुटेज खिच्न र सम्पादन गर्न सक्नेछन् भने त्यसपछि उक्त भिडियोहरूलाई कुनै पनि प्लेटफर्ममा पोस्ट गर्न सकिने बताइएको छ।
भिडियोहरूलाई इन्स्टाग्राममा पोस्ट गर्नका लागि भने एपले लाइभ भिडियो पर्फमेन्स इनसाइट्स जस्तै भ्यूअर इनगेजमेन्ट (दर्शक संलग्नता) प्रदान गर्नेछ।
त्यसैगरी इडिट्सले क्यापकटमा उपलब्ध हुने समर्पित इन्स्पिरेसन ट्याबका साथै सबै स्ट्याण्डर्ड टुल्स (उपकरणहरू) पनि प्राप्त गर्दैछ जसमा ग्रिन स्क्रिन, भिडियो ओभरलेहरू, क्याप्सन जेनेरेसन र भ्वाइसओभरहरू समावेश रहेका छन्। तस्बिरहरूलाई जीवन्त बनाउनको लागि एपको बिल्ट–इन एआई एनिमेसन सुविधा प्रयोग पनि गर्न सकिने उल्लेख गरिएको छ।
इडिट्सले रेजोल्युशन, फ्रेमरेट, डाइनामिक रेञ्ज, फ्ल्यास र जुमका लागि क्यामरा सेटिङहरू पनि समावेश गरेको उल्लेख छ। एपमार्फत् क्रियटर्सहरूले भिडियो ड्राफ्टहरू सेयर गर्न पनि सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ माघ २०८१, मंगलवार