शेन्झाउ–१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार

Technology Khabar ७ माघ २०८१, सोमबार

शेन्झाउ–१९ चालक दल दोस्रो बाह्य गतिविधिको लागि तयार
Global IME Bank

काठमाडौं ।

चीनको अन्तरिक्ष स्टेशनमा रहेको शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै आफ्नो दोस्रो एक्स्ट्रावेहिक्युलर गतिविधि (इभिए) सञ्चालन गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले आइतबार घोषणा गरेको छ ।

इभिए अन्तरिक्ष यान बाहिर अन्तरिक्षमा अन्तरिक्ष यात्रीले गरेको कुनै पनि गतिविधि हो।

सन् २०२४ डिसेम्बर १७ मा आफ्नो पहिलो स्पेसवाक पूरा गरेदेखि चालक दलले अन्तरिक्ष स्टेशन उपकरणहरूको निरीक्षण र मर्मत, आपतकालीन अभ्यास र दोस्रो इभिएको तयारी सहित धेरै कार्यहरू गरेको छ।

सीएमएसएले चालक दलले अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान र एयरोस्पेस चिकित्सा जस्ता क्षेत्रमा प्रगति गरेको जनाएको छ।

एजेन्सीले तीन शेन्झाउ–१९ चालक दलका सदस्यहरू स्वस्थ रहेका पुष्टि गरेको छ।

हाल स्पेस स्टेसन सहज रूपमा सञ्चालन भइरहेको छ। रासस/सिन्ह्वा

Sajilo Visa

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार