एप्पलको अर्को म्याकबुक एयरमा ओएलईडी नभई अक्साइड एलसीडी समावेश गरिने

Technology Khabar ७ माघ २०८१, सोमबार

एप्पलको अर्को म्याकबुक एयरमा ओएलईडी नभई अक्साइड एलसीडी समावेश गरिने
Global IME Bank

काठमाडौं ।

एप्पलको म्याकबुक एयरको डिस्प्ले अपग्रेड गरिने भएको छ। एप्पलले सन् २०२७ को रिलीजको लागि भनेर अक्साइड थिन–फिल्म ट्रान्जिस्टर (टीएफटी) लिक्विड क्रिस्टल डिस्प्ले (एलसीडी) भएको नयाँ म्याकबुक एयर विकास गरिरहेको द इलेकको रिपोर्टले उल्लेख गरेको छ।

यदि यो योजना सफल भएको खण्डमा भने एप्पलले आफ्नो मुख्य धारको म्याकबुक एयर लाइनअपमा पहिलो पटक अक्साइड टीएफटी एलसीडी टेक्नोलोजीलाई समावेश गर्नेछ।

एप्पल अक्साइड टीएफटी एलसीडी प्रविधि

टीएफटीले डिस्प्लेमा प्रयोग हुने ट्रान्जिस्टरको प्रकारलाई जनाउँछ भने अक्साइडले ती ट्रान्जिस्टरहरूमा प्रयोग हुने सामग्रीलाई जनाउँछ। म्याकबुक एयरमा हाल प्रयोग गरिएको अमोर्फस सिलिकन (a-Si) टीएफटी एलसीडीको तुलनामा अक्साइड टीएफटीले छिटो इलेक्ट्रोन मोबिलिटी प्रदान गर्दछ। यसले गर्दा स्मूथ भिजुअल र सुधारिएको पर्फमेन्स (प्रदर्शन) को परिणाम प्राप्त हुनेछ।

एप्पलले सन् २०२२ मा रिलिज भएको हाइयर–इण्डको म्याकबुक प्रो मोडेलहरूमा अक्साइड टीएफटी एलसीडीहरू पहिले नै प्रस्तुत गरिसकेको छ। त्यसैले, अब अक्साइड टीएफटी एलसीडीहरू थप किफायती म्याकबुक एयरमा पनि समावेश गरिएको देखिने भएको छ।

एप्पलको अक्साइड टीएफटी एलसीडीको समावेश एक ठूलो योजना असफल भएको प्रतिक्रियाको रुपमा आएको जस्तो देखिएको उल्लेख छ। एप्पलले सन् २०२७ मा ओएलईडी म्याकबुक एयर रिलिज गर्ने उद्देश्य राखेको रिपोर्टले दावी गरेको छ।

ओएलईडी (अर्गानिक लाइट–इमिटिङ डायोड) डिस्प्लेहरू एलसीडीहरूको तुलनामा उच्च कन्ट्रास्ट र डिपर ब्ल्याक्सको लागि परिचित रहेका छन्। यद्यपि, भर्खरै लन्च गरिएको ओएलईडी आईप्याड प्रोको सुस्त बिक्रीको कारण एप्पलले कथित रूपमा आफ्नो ओएलईडी म्याकबुक योजनाहरूमा ढिलाई गरेको बताइएको छ।

आईप्याड प्रोको कमजोर बिक्री ओएलईडी प्रविधिसँग सम्बन्धित महत्त्वपूर्ण मूल्यको उतारचढावका कारणले भएको हुन सक्ने बताइएको छ।

यद्यपि ओएलईडी म्याकबुक एयर भने सन् २०२९ भन्दा अघि नआउने द इलेकले रिपोर्ट गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार