अनरका सीईओ झाओले पदबाट राजीनामा दिने

Technology Khabar ७ माघ २०८१, सोमबार

अनरका सीईओ झाओले पदबाट राजीनामा दिने
Global IME Bank

काठमाडौं ।

जर्ज झाओले तत्काल लागू हुने गरी अनर सीईओको पदबाट राजीनामा दिने भएका छन्। स्वास्थ्य अवस्थाले गर्दा झाओले सीईओको पदबाट राजीनामा दिने निर्णय गरेको भन्ने समाचार पहिलो पटक चिनियाँ मिडियाले रिपोर्ट गरेको थियो। डेली इकोनोमिक न्यूजका अनुसार सञ्चालक समितिले उनको निर्णयलाई स्वीकार गरेको उल्लेख छ।

त्यसैगरी, उक्त कदम पुष्टि गर्दै एक आधिकारिक विज्ञप्ति प्रकाशित भएको उल्लेख गरिएको छ। त्यसैगरी नयाँ प्रमुख कार्यकारी अधिकृत लि जियान हुने भएका छन्। मोबाइल सञ्चार क्षेत्रमा लि जियानको २० वर्षभन्दा बढी अनुभव रहेको छ भने उनी ह्वावेका पूर्व कार्यकारी भएको उल्लेख गरिएको छ।

यद्यपि सीएलएस चाइनाको संक्षिप्त बयानले झाओको निर्णय वा स्थितिको बारेमा कुनै विवरण प्रदान नगरेको उल्लेख गरिएको छ। सन् २००१ मा ह्वावेमा आफ्नो करियर सुरु गर्दै विभिन्न पदहरू मार्फत निरन्तर अगाडि बढ्दै सुपरभाइजरी बोर्डको सदस्य बनेका नयाँ सीईओले भने सन् २०२१ मा अनरमा सामेल हुनका लागि सन् २०२० मा ह्वावेबाट प्रस्थान गरेका थए।

सीईओमा बढुवा हुनुअघि ली जियानले मानव संसाधन विभागको उपाध्यक्ष, निर्देशक र अध्यक्षको रूपमा काम गरेका थिए। कम्पनीले निकट भविष्यमा आईपीओ ल्याउने तयारीमा रहेकोले संयुक्त स्टक व्यवस्थापनको चुनौतीपूर्ण परिदृश्यलाई उनले पाखा लगाउनु पर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: ७ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया