Technology Khabar ७ माघ २०८१, सोमबार
काठमाडौं ।
चीनको स्मार्टफोन बजारको लागि सन् २०२४ सुधारको वर्ष भएको क्यानालिसले रिपोर्ट गरेको छ। सन् २०२४ मा कुल २८५ मिलियन एकाइहरू ढुवानी गरिएको र अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि भएको उल्लेख छ।
शीर्ष पाँच भित्र प्रायः स्थानीय ब्रान्डहरू रहे तापनि एप्पल तेस्रो स्थानमा रहन सफल भएको छ। ४९. ३ मिलियन इकाइहरू ढुवानी गरेर भिभो बजारको नयाँ अग्र स्थानमा रहेको छ। ह्वावेले पनि ३७ प्रतिशत (कुल ४६.० मिलियन इकाइहरू ढुवानी) को वार्षिक वृद्धिको साथ एप्पललाई पछि पारेको छ।
सन् २०२३ मा अग्र स्थानमा रहेको एप्पल अब तेस्रो स्थानमा झरेको छ भने कम्पनीलाई ओप्पो र अनरले पछ्याएको उल्लेख छ।
एप्पलले आफ्नो नयाँ आईफोनहरू चौथो त्रैमासमा लन्च गर्ने भएकोले कम्पनीको लागि उत्कृष्ट त्रैमासिक सामान्यतया चौथो त्रैमास हुने गरेको बताइएको छ।
नयाँ आईफोनहरूको लन्चले परम्परागत रूपमा एप्पललाई चौथो त्रैमासिकमा शीर्ष स्थानमा धकेल्ने गरेको छ र यो वर्ष पनि फेरि त्यस्तै भएको उल्लेख गरिएको छ।
एप्पलले सन् २०२४ को चौथो त्रैमासमा १३.१ मिलियन इकाइहरू ढुवानी गरेको छ जुन सन् २०२३ को सोही अवधिको तुलनामा २५ प्रतिशत कम हो। यद्यपि भिभोले १४ प्रतिशत र ह्वावेले २४ प्रतिशत वृद्धि गर्दै एप्पललाई पछि पारेको छ। त्यसका साथै दुबै कम्पनीहरूले चौथो त्रैमासमा १२.९ मिलियन इकाइहरू ढुवानी गरेको उल्लेख छ।
सन् २०२५ को लागि, विश्लेषकहरूले स्मार्टफोन बजार २९० मिलियन इकाइहरू भन्दा बढि ढुवानी हुने अपेक्षा गरेका छन्। “उत्पादन अनुभवमा थप अपग्रेडहरू, जस्तै लामो ब्याट्री जीवन, स्लिमर र हल्का डिजाइनहरू, नवीन रूप कारकहरू र परिष्कृत एआई–संचालित अपरेटिङ सिस्टम अनुभवहरूले सबै मूल्य खण्डहरूमा उपभोक्ताहरूलाई लाभान्वित र आकर्षित गर्नेछ,” भन्दै क्यानालिसका अनुसन्धान विश्लेषक लुकास झोङले टिप्पणी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ माघ २०८१, सोमबार