Technology Khabar ६ माघ २०८१, आईतवार
काठमाडौं ।
सूचना प्रविधिमा महिला (WIIT) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भक्तपुरका सामुदायिक विद्यालयका शिक्षिकाहरुलाई ५ दिने आधारभूत कम्प्युटर साक्षरता तालिम प्रदान गरिएको छ।
उक्त प्रशिक्षण गत पौष २८ गते देखि माघ ४ गतेसम्म बिहान १०:३० देखि ३:३० सम्म भक्तपुरको पद्म मा.वि.को प्राङ्गणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको मोबाइल धुम्ती सूचना पहुँच केन्द्र ( Mobile IAC) भित्र सञ्चालन गरिएको थियो।
प्रकाशित: ६ माघ २०८१, आईतवार