अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेलीको दोस्रो आउटलेट झम्सिखेलमा, जनवरी महिनाभर ५ प्रतिशत छुट

Technology Khabar ६ माघ २०८१, आईतवार

अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेलीको दोस्रो आउटलेट झम्सिखेलमा, जनवरी महिनाभर ५ प्रतिशत छुट
Global IME Bank

काठमाडौं ।

अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेली डटकमको दोस्रो आउटलेट पुलचोकको झम्सिखेलमा सञ्चालनमा आएको छ। माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो आउटलेट सञ्चालनमा आएको हो।

आउटलेटबाट बेकरी आइटमसहित फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायत विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ। दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ।

यसअघि नौलो कोशेलीले युएन पार्कमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो। पछिल्लो समय नेपालमा गिफ्टिङ संस्कृति बढ्दै गएको छ। त्यसका लागि धेरैको रोजाइमा नौलो कोशेली पर्ने गरेको छ।

कम्पनीका अनुसार आउटलेट बाहेक अनलाइनबाट पनि नौलो कोशेलीबाट गिफ्टहरू अर्डर गर्न सकिने छ। फेसबुक, इन्स्टाग्राम लगायत नौलो कोशेलीको वेबसाइटबाट सजिलै आफुलाई मनपर्ने गिफ्टहरू अर्डर गर्न सकिने छ। कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्नेछ।

साथै विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई नौलो कोशेलीमार्फत गिफ्ट पठाउन सक्ने छन्।

Sajilo Visa

प्रकाशित: ६ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार