Technology Khabar ४ माघ २०८१, शुक्रबार
काठमाडौं ।
सामसङले जनवरी २२ तारिखमा ग्यालेक्सी एस२५ परिवारको घोषणा गर्दैछ। त्यस अघि कम्पनीले फुल–अन टिजर अभियान सुरु गरेको र जसमा बिक्सबी पनि समावेश गरेको उल्लेख छ।
स्केच टु इमेज गत वर्ष लन्च भएको एआई सुविधा हो। ग्यालेक्सी एस२५ सिरिजको साथ (र सम्भवतः पुरानो फ्ल्यागशिप मोडेलहरूको लागि वान यूआई ७ अपडेट) यो अझ राम्रो हुने अपेक्षा गरिएको छ
ड्रइङ्ग असिस्टमा समावेश गरिने स्केच टु ईमेजले एक भन्दा बढी इनपुट प्रयोग गर्न सक्षम हुनेछ। एस पेन वा आफ्नो औंलाले स्केच गर्नका साथै आफूले चाहेको छविलाई टेक्स्ट वा भ्वाइस (आवाज) ले एआई लाई के कोर्ने भनेर बताउन सकिने उल्लेख गरिएको छ।
“यदि यो परिकल्पना गर्न सकिन्छ” भने “ग्यालेक्सी एआईले यसलाई सिर्जना गर्न सक्छ” भनी सामसङले बताएको छ।
उदाहरणका लागि, बिरालोको स्केच गर्न सुरु गरेर र त्यसपछि “स्पेससूट” टाइप गरेर आफूले अनुमान गरे जस्तै त्यसलाई एक स्पेससूट लागाइदिएर स्पेसमा पठाउन सकिनेछ। वा घर स्केच गरेर त्यसपछि यसको लागि स्थानहरू टाइप गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ माघ २०८१, शुक्रबार