सिसी क्यामराको अभावमा सुरक्षा चुनौती

Technology Khabar ३ माघ २०८१, बिहीबार

सिसी क्यामराको अभावमा सुरक्षा चुनौती
Global IME Bank

काठमाडौं ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पर्याप्त सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ। बढ्दो जनघनत्वसँगै सवारीसाधनको चाप बढ्दै गए पनि पर्याप्त सिसी क्यामराको अभावमा सुरक्षा चुनौती थपिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरोक्षक विश्वराज खड्काले बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, बोरी, लुटपाट र विभिन्न अपराधका घटना बढ्ने चुनौती रहेको र न्यून सिसी क्यामरा हुँदा समस्या भएको गुनासो गरे।

घटना, दुर्घटनाको खोजी गरी अपराधी पक्राउ गर्न सिसी क्यामराको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले हेटौंडाको मुख्य सडक, चोक र राजमार्गमा पर्याप्त सिसी क्यामरा नहुँदा र भएका पनि चिनिएका कारण समस्या भएको बताए।

जिल्लामा सार्वजनिक स्थलमा रहेका १५९ वटा सिसी क्यामरामध्ये ७२ थान बिग्रिएर काम नगर्ने भएका छन्। राजमार्ग क्षेत्र र बजार क्षेत्रका अभौ २९ ठाउँमा एएनपिआर सिसी क्यामरा जहान गरिनुपर्ने भन्दै प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट मर्मत र नयाँ जडानका लागि प्रतिबद्धता आए पनि काम अघि बढ्न नसकेको खड्काले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: ३ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार