Technology Khabar ३ माघ २०८१, बिहीबार
काठमाडौं ।
चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
अन्तराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउदैँ आएको निटा ब्रान्डले आगामी बर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितीलाई बढाउदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुबिधाका साथ बिक्रि पछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको बताइएको छ l नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ l
कम्पनीको दावी अनुसार निटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभी) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ र ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ।
निटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशत बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८० भन्दामाथि किमि दायरा छ र यो सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारेन्टी रहेको सीजी मोटर्सको दावी छ।
निटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएलको अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूले सुसज्जित निटा एक्सले पनि ८ वर्ष वा १८०, ००० किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने कम्पनी दावी गर्दछ।
प्रकाशित: ३ माघ २०८१, बिहीबार