विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो अनलाइन ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’

Technology Khabar २७ पुष २०८१, शनिबार

विद्युत् नियमन आयोगले सञ्चालनमा ल्यायो अनलाइन ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’
Global IME Bank

काठमाडौं ।

निजी विद्युत् उत्पादकहरूलाई सहजीकरण गर्ने उद्देश्यअनुसार विद्युत् नियमन आयोगले अनलाइन ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस)’ सञ्चालनमा ल्याएको छ।

आयोगका सेवाग्राही संस्था तथा व्यक्तिलाई आयोगले प्रवाह गर्ने सेवालाई छिटो छरितो, विश्वसनीय, सेवाग्राही तथा प्रविधिमैत्री रुपले सञ्चालन गर्न यो प्रणाली सञ्चालनमा ल्याएको आयोगले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले एक समारोहका बीच उक्त सेवाको शुभारम्भ गर्दै प्रणालीमार्फत सहजीकरण गरिनुपर्ने बताए। ‘निजी क्षेत्रलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने मनन् गरेर आयोगले काम गर्नुपर्छ, फाइल अनलाइन प्रणालीमा दर्ता भएको कम्तीमा ३ दिनभित्र त्यसको जानकारी गराउने गरी योजना बन्नुपर्छ,’ उनले भने।

सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुरेश आचार्यले विद्युत् उपभोक्तादेखि धेरै खालका सेवाग्रही जोडिएको नियामकीय निकायले निमयनको दायरामा ल्याएर चुस्तरूपमा सहजीकरण गर्नुपर्ने बताए। फाइल दर्ता गरेपछि कति समयभित्र सेवा प्रवाह हुने हो त्यो कुरा पनि सेवाग्राहीलाई भनिदिन पर्ने उनको भनाइ थियो।

प्रणाली शुरुभएसँगै विद्युत् कम्पीका सेयरको सार्वजनिक निष्काशन, विद्युत खरिद-बिक्री (पिपिए) सम्झौतामा सहमती तथा संशोधन, सेयर संरचना परिवर्तनसम्बन्धी सम्पूर्ण काम कारबाही यही प्रणालीमार्फत गर्न सकिनेछ।

यो प्रणाली मार्फत सेवाग्राहीले आफूले गरेको आवेदनको अवस्था र प्रगति समेत आयोगको कार्यालय नगई अनलाइनमार्फत थाहा पाउन सक्ने आयोगले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २७ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार