मेटाले एआई प्रशिक्षणका लागि जानाजान अनुमतिबिना पुस्तक प्रयोग गरेको लेखकहरुको आरोप

Technology Khabar २७ पुष २०८१, शनिबार

मेटाले एआई प्रशिक्षणका लागि जानाजान अनुमतिबिना पुस्तक प्रयोग गरेको लेखकहरुको आरोप
Global IME Bank

काठमाडौं ।

मेटा प्लेटफर्म्सले आफ्ना कृत्रिम बुद्धिमता अर्थात् एआई प्रणालीहरूलाई प्रशिक्षण दिनको लागि लेखकहरूको अनुमति बिना चोरी गरिएका पुस्तकहरूको प्रयोग गरेको आरोप लगाएको नयाँ अदालतका कागजातहरूमा देखिएको छ।

त-नेहिसी कोट्स, कमेडियन साराह सिल्भरम्यान लगायतका लेखकहरूले मेटामाथि मुद्दा दायर गरेका छन्। उनीहरूले बुधबार सार्वजनिक गरिएका कागजातहरूमा मेटाले आन्तरिक कागजातहरूद्वारा आफूले ती पुस्तकहरू चोरी गरिएका भन्ने थाहा पाएको भए पनि प्रयोग गरेको दावी गरेका छन् ।

लेखकहरूले २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गर्दै ठूला भाषा मोडेल लामाको विकासका लागि मेटाले उनीहरूको पुस्तकको दुरुपयोग गरेको दावी गरेका थिए।

उनीहरूले बुधबार अदालतलाई नयाँ प्रमाण पेश गर्दै मुद्दामा फेरबदलको अनुमति माग गरेका छन्। उनीहरूको भनाइअनुसार, मेटाले पाइरेटेड काम समावेश भएको लिबजेन नामक डाटासेट प्रयोग गरेको थियो जसलाई टोरेन्टमार्फत वितरण गरिएको थियो।

लेखकहरूले भनेका छन्, “मेटाका आन्तरिक सञ्चार माध्यमहरूले जकरबर्गले लिबजेन डाटासेटको प्रयोगको अनुमति दिएको देखाउँछ, यद्यपि मेटाको एआई कार्यकारी टोली र अन्यले यो पाइरेटेड डेटासेट भएको चिन्ता व्यक्त गरेका थिए।”

अमेरिकी जिल्ला न्यायाधीश भिन्स छाब्रियाले यसअघि लेखकहरूको केही दाबीहरू, जस्तै मेटाका च्याटबटहरूले उनीहरूको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको र मेटाले उनीहरूको पुस्तकबाट प्रतिलिपि अधिकार व्यवस्थापन जानकारी (सीएमआई) हटाएको, खारेज गरेका थिए।

तर बुधबार, लेखकहरूले नयाँ प्रमाण प्रस्तुत गर्दै सीएमआई दावी पुनर्जीवित गर्न र नयाँ कम्प्युटर ठगी सम्बन्धी दाबी थप्न अनुमति माग गरेका छन्।

छाब्रियाले बिहीबारको सुनुवाइमा लेखकहरूलाई संशोधित मुद्दा दायर गर्न अनुमति दिएका छन्, तर ठगी र सीएमआई दावीको वैधतामा शंका व्यक्त गरेका छन्।

Sajilo Visa

प्रकाशित: २७ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया