शाओमीले यो वर्ष स्न्यापड्रागन ८ एलिटद्वारा सञ्चालित ट्याब्लेट लन्च गर्ने

Technology Khabar २७ पुष २०८१, शनिबार

शाओमीले यो वर्ष स्न्यापड्रागन ८ एलिटद्वारा सञ्चालित ट्याब्लेट लन्च गर्ने
Global IME Bank

काठमाडौं ।

फ्ल्यागशिप स्मार्टफोनहरू टप–शेल्फ एसओसीबाट वार्षिक रूपमा स्तरवृद्धि भए पनि क्वालकमको नवीनतम र सबैभन्दा उल्लेखनीय चिपसेटद्वारा संचालित फ्ल्यागशिप एन्ड्रोइड ट्याब्लेटहरू भने एक धेरै दुर्लभ घटना हुने गरेको छ।

अहिलेसम्म कुनै ट्याब्लेटहरूमा स्न्यापड्रागन ८ एलिट प्रयोग गरिएको छैन। यद्यपि एक्समार्फत टिपस्टरबाट आएको नयाँ अफवाहले त्यो अवस्थामा परिवर्तन गर्ने सम्भावनको उल्लेख गरेको छ।

शाओमीले स्न्यापड्रागन ८ एलिटद्वारा सञ्चालित नयाँ ट्याब्लेटमा काम गरिरहेको र यो डिभाइस यस वर्षको उत्तरार्धमा लन्च हुनेछ टिपस्टरले दावी गरेका छन्।

यद्यपि हाल उक्त डिभाइसको बारेमा थप विवरणहरू उपलब्ध नभएको बताइएको छ। ट्याब्लेटहरूमा स्न्यापड्रागन ८ एलिट चिपसेटको प्रयोगले गर्दा स्वचालित रूपमा बाँकी स्पेक्सहरू पनि हाई–इण्डको हुने अपेक्षा गरिएको छ।

त्यसैले ठूलो हाई–रेजोल्युसनको स्क्रिन, कम्तिमा ८जीबी र्याम (तर सम्भवतः १२जीबी वा १६ जीबी) र १०,००० एमएएच भन्दा बढी ब्याट्री समावेश हुने अपेक्षा गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २७ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया