यस्तो छ थाईल्यान्डमा निटाको उपस्थिति

Technology Khabar २६ पुष २०८१, शुक्रबार

यस्तो छ थाईल्यान्डमा निटाको उपस्थिति
Global IME Bank

काठमाडौं ।

गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आँकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समावेश भएको पाउन सकिन्छ।

नेपालका लागि निटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ l

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभी) चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प भएको सिजी मोर्टसले जनाएको छ। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ।

सीजी मोटर्सका अनुसार १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसतिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ। निटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतितसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एक पटकको चार्जमा ३८० किमि दायरा छ र यो सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किमि वारेन्टी छ।

निटा एक्सले एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ। यसमा १८५ मिमि ग्राउन्ड क्लियरेन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूले सुसज्जित निटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने सीजी मोटर्सको दावी छ।

Sajilo Visa

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया