Technology Khabar २६ पुष २०८१, शुक्रबार
काठमाडौं ।
होन्डाले गत वर्षको सीईएसमा प्रस्तुत गरेका (ल्याएका) फ्युचरिस्टिक कन्सेप्ट विद्युतीय सवारीसाधनहरु अब किन्न सकिने मोडलको रुपमा धेरै नजिक आइपुगेका छन्।
होन्डाले सीईएस २०२५ मा जीरो सिरिज सलुन सेडान र जीरो सिरिज एसयूभीको प्रोटोटाइप संस्करणहरू अनावरण गरेको छ। कम्पनीले अर्को वर्ष उत्तर अमेरिका र त्यसपछि जापान र युरोपमा आफ्नो उत्पादन मोडेलहरू लन्च गर्ने खुलासा पनि गरेको छ।
होन्डा जीरो एसयूभी सन् २०२६ को पूर्वाद्र्धमा प्रस्तुत गरिनेछ भने उत्पादनमा प्रवेश गर्ने लाइनअपको पहिलो मोडेल हुनेछ। स्पेस–हब कन्सेप्ट (अवधारणा) को रूपमा प्रस्तुत गरिएको यो एक मिड–साइज (मध्यम आकार) को एसयूभी कम्पनीको नयाँ विकसित समर्पित ईभी आर्किटेक्चरमा आधारित हुनेछ।
यसैबीच, आफ्नो कम उचाइ र वेज सेप्डे डिजाइनको विशेषता रहेको फ्ल्यागशिप होन्डा जीरो सलुन ईभीको उत्पादन संस्करण अर्को वर्षको उत्तरार्धमा लन्च गरिनेछ।
दुवै मोडलहरू लेभल ३ अटोमेटेड (स्वचालित) ड्राइभिङको लागि सक्षम हुनेछन् (जसको मतलब तिनीहरू आफैले स्टीअर, ब्रेक र एक्सलरेट गर्न सक्छन्)। यद्यपि ड्राइभरले कुनै पनि बेला आवश्यक परेमा त्यसको नियत्रण लिन तयार हुनुपर्ने उल्लेख गरिएको छ।
तिनीहरू असिमो (एएसआईएमओ) ओएस सँग सुसज्जित हुनेछन् जुन होन्डाले आफ्नो नेक्स्ट–जेन ईभीहरूको लागि विकसित गरेको नयाँ अपरेटिङ सिस्टम भएको बताइएको छ। निस्सन्देह, यो कम्पनीले दुई दशक अघि सीईएसमा प्रस्तुत गरेको असिमो ह्युमनोइड रोबोटको नाममा राखिएको र यसले आफ्नो अटोमेटेड (स्वचालित) ड्राइभिङ र इन्फोटेनमेन्ट सिस्टम (प्रणाली) दुवैलाई शक्ति दिने उल्ल्खे गरिएको छ।
होन्डा जीरो सिरिजका गाडीहरू नर्थ अमेरिकन चार्जिङ स्ट्यान्डर्ड (एनएसीएस) पोर्टको साथ आउने भएकाले तिनीहरूले टेस्लाका चार्जिङ स्टेशनहरूमा पहुँच गर्न सक्ने उल्लखे गरिएको छ। होन्डाले आईओएनएनए नामक संयुक्त उद्यम अन्तर्गत अन्य अटोमेकरहरूसँग चार्जिङ नेटवर्क निर्माण गर्न काम गरिरहेको उल्लेख छ।
सन् २०३० सम्ममा ३०,००० भन्दा बढी चार्जिङ स्टेशनहरूको राष्ट्रव्यापी सञ्जाल निर्माण गर्ने यो पहल होन्डा, बीएमडब्ल्यू, जीएम, हुण्डाई, किया, मर्सिडीज बेन्ज, स्टेलान्टिस र टोयोटाले स्थापना गरेको इनग्याजेटले उल्लेख गरेको छ।
प्रकाशित: २६ पुष २०८१, शुक्रबार