सामसङ ग्यालेक्सी ए५६ को ब्याट्री क्षमताको खुलासा

Technology Khabar २६ पुष २०८१, शुक्रबार

सामसङ ग्यालेक्सी ए५६ को ब्याट्री क्षमताको खुलासा
Global IME Bank

काठमाडौं ।

सामसङ ग्यालेक्सी ए५६ अब क्यामरा आइल्याण्डको नयाँ डिजाइन, अपग्रेड गरिएको सेल्फी क्यामरा, एक्जिनोस १५८० एसओसी र ४५ वाट वायर्ड चार्जिङको समर्थन (ग्यालेक्सी ए सिरिजमा पहिलो पटक) का साथ चाँडै आउँदैछ।

चीनमा उद्योग तथा सूचना प्रविधि मन्त्रालयद्वारा बिक्रीको लागि प्रमाणीकरणका साथ अब फोनले आफ्नो लन्च तर्फको यात्रामा थप आवश्यक चरण पूरा गरेको छ। चिनियाँ–बाउन्ड संस्करणले नोड पाएको र यसको मोडेल नम्बर एसएम–ए५६६० रहेको उल्लेख गरिएको छ।

यो फोनले ४,९०५ एमएएचमा मूल्याङ्कन गरिएको ब्याट्री समावेश गर्ने सर्टिफिकेसन (प्रमाणीकरण) ले खुलासा गरेको छ। स्मार्टफोन निर्माताहरूले रेट गरिएको नभएर विशिष्ट क्षमताको विज्ञापन गरेको बताइएको छ। त्यसैले यसको विशिष्ट क्षमता उच्च भएको यो र लगभग ५,०००–५,१०० एमएएच हुने अपेक्षा गर्न सकिने उल्लेख गरिएको छ।

ए५६ ले फाइभजी, जीपीएस, डुअल–सिम समर्थन गर्नेछ भने वान यूआई ७ सँग एन्ड्रोइड १५ रन गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया