Technology Khabar २६ पुष २०८१, शुक्रबार
काठमाडौं ।
लामो समयदेखि अफवाहमा रहेको आईफोन एसई रिफ्रेस यस वर्षको केही अन्तराल पछि आउने भएको छ। कम्पनीले यससँग नयाँ आईप्याड पनि ल्याउने सम्भावना रहेको एप्पलका बारेमा विश्लेषण गर्ने मार्क गुर्मनले पछिल्लो पोष्टमा उल्लेख गरेका छन्।
साथै उनले आगामी आईफोन एसई हाल आईओएस १८.३ को साथ यसको परीक्षण चरणमा रहेको र यो सम्भवतः एप्पलले आईओएस १८.४ रिलिज गर्नु अघि लन्च हुने सुझाव दिएका छन्।
त्यसैगरी गर्मनले नयाँ आईप्याडहरूको बारेमा पनि उल्लेख गरेका छन्। यसको मतलब नयाँ आईप्याड एयर मोडेलको साथमा अपडेट गरिएको चिपसेट र एप्पल इन्टेलिजेन्स समर्थनको साथ नयाँ आधारभूत आईप्याड हुनेछन् भनेर बुझ्न सकिने उल्लेख गरिएको छ।
आगामी आईफोन एसई ६.१ इन्चको सुपर रेटिना एक्सडीआर ओएलईडी स्क्रिन र फेस आईडीसहितको नचको साथमा एप्पल इन्टेलिजेन्सको समर्थनको लागि ८ जीबी सँग एप्पल ए १८ चिप भएको आईफोन १४ जस्तो देखिने अपेक्षा गरिएको छ।
त्यसका साथै यो डिभाइसले एउटा ४८ मेगापिक्सेलको रियर क्यामरा र १२ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गर्नेछ। यो डिभाइसको सुरुवाती मूल्य ४९९ अमेरिकी डलर हुने चर्चा रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ पुष २०८१, शुक्रबार