Technology Khabar २६ पुष २०८१, शुक्रबार
काठमाडौं ।
प्रविधि उद्योग समूह इन्फर्मेशन टेक्नोलोजी इन्डस्ट्री काउन्सिल (आईटीआई) ले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा एआई चिपहरूको पहुँच नियन्त्रण गर्ने प्रस्तावित नियम जारी गर्न नहतारिन आग्रह गरेको छ।
अमेजन माइक्रोसफ्ट र मेटाजस्ताजस्ता कम्पनीहरूको प्रतिनिधित्व गर्ने आईटीआईले यो नियमले अमेरिकी कम्पनीहरूको विदेशी बजारमा कम्प्युटिङ प्रणाली बिक्री गर्ने क्षमता सीमित गर्ने र प्रतिस्पर्धी देशहरूलाई फाइदा पुर्याउने चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ।
गत महिना रोयटर्सले वाणिज्य विभागले वैश्विक एआई चिप निर्यातलाई अनुमोदन गर्न योजना बनाइरहेको र खराब गतिविधिमा संलग्न पक्षहरूलाई ती चिपहरूको पहुँचबाट टाढा राख्ने उद्देश्य राखेको खबर सार्वजनिक गरेको थियो। नियमको मुख्य उद्देश्य एआईको प्रयोगबाट चीनको सैन्य क्षमतामा वृद्धिलाई रोक्नु हो।
आईटीआईका सीईओ जेसन अक्सम्यानले वाणिज्य सचिव जिना राइमोण्डोलाई पत्र लेख्दै बाइडेन प्रशासनको अन्तिम दिनमा नियम जारी गर्ने “अडान” प्रति आलोचना गरेका छन्।
“यस्तो जटिल र महत्वपूर्ण नियमलाई हतारमा लागू गर्दा गम्भीर नकारात्मक प्रभाव पर्न सक्छ,” अक्सम्यानले जनवरी ७ मा पठाइएको पत्रमा भने। यस पत्रमा आईटीआईले राष्ट्रिय सुरक्षाको प्रतिबद्धतालाई सराहना गरे पनि, “अमेरिकाको एआई क्षेत्रमा नेतृत्व गुम्ने सम्भावना वास्तविक छ र यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ” भनेको छ।
रोयटर्सका अनुसार आईटीआईले यस्तो नियमलाई सिधै लागू गर्नुको सट्टा प्रस्तावित नियमका रूपमा सार्वजनिक गर्न माग गरेको छ, किनभने यसका महत्वपूर्ण भू-राजनीतिक र आर्थिक प्रभावहरू छन्।
प्रकाशित: २६ पुष २०८१, शुक्रबार