स्पेक्ट्रम साझेदारी टुटेपछि स्याटेलाइट अपरेटर लिगाडो नेटवर्क्सले दायर गर्यो इनमार्स्याटविरुद्ध मुद्दा

Technology Khabar २६ पुष २०८१, शुक्रबार

स्पेक्ट्रम साझेदारी टुटेपछि स्याटेलाइट अपरेटर लिगाडो नेटवर्क्सले दायर गर्यो इनमार्स्याटविरुद्ध मुद्दा
Global IME Bank

काठमाडौं ।

सुपरिचित स्याटेलाइट अपरेटर लिगाडो नेटवर्क्सले एल-ब्याण्ड स्पेक्ट्रम साझेदारी तोडिएको आरोपमा भायास्याटको सहायक कम्पनी इनमार्स्याटविरुद्ध मुद्दा दायर गरेको छ।

पहिले नै आफ्नो फाइभजी योजना अवरुद्ध भएको भन्दै अमेरिकी सरकारलाई मुद्दा दायर गरिसकेको लिगाडो नेटवर्क्सले अब इनमार्स्याटले २००७ मा भएको सहकार्य सम्झौताअनुसार १.७ अर्ब डलरभन्दा बढी रकमको बिगो दावी गरेको छ।

जनवरी ७ मा  लिगाडो ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, इनमार्स्याटले उत्तरी अमेरिकामा एल-ब्याण्ड स्पेक्ट्रम उपलब्ध गराउनुका साथै आफ्नो स्याटलाइट टर्मिनललाई अपडेट गरेर फाइभजी नेटवर्कमा हुने हस्तक्षेप समाधान गर्नुपर्ने सम्झौताका प्रावधानहरू पूरा नगरेको दावी गरिएको छ।

लिगाडोका अनुसार इनमार्स्याटले स्याटलाइट टर्मिनल हस्तक्षेपका समस्या समाधान नगर्दा, संघीय सञ्चार आयोग (एफसीसी) ले २०२० मा विमानस्थल र जलमार्ग नजिक नेटवर्कलाई अनुमति दिन ढिलाइ भएको र अन्ततः सीमित गरियो।

जीपीएस हस्तक्षेपको चासो बढ्दै जाँदा लिगाडो को भू-आधारित फाइभजी योजना पूर्ण रूपमा प्रभावित भयो।

 लिगाडो को आरोप

स्पेसन्युज डटकमका अनुसार लिगाडोका सीईओ डोग स्मिथले भने, “१७ वर्षको अवधिमा लिगाडो ले इनमार्स्याटलाई १.७ अर्ब डलरभन्दा बढी शुल्क तिरेको छ, तर इनमार्स्याटले आफ्नो स्याटलाइट टर्मिनल अपडेट गर्ने सम्झौताका दायित्वहरू पूरा नगरी योजनाबद्ध रूपमा ढिलाइ गरेको छ।” स्मिथका अनुसार, “सम्झौतामा आवश्यक अपडेट गर्न इनमार्स्याट  लाई अझै वर्षौं लाग्न सक्छ।”

गत वर्ष आफ्नो विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्न इनमार्स्याट किनेको भायास्याटका प्रवक्ताले भने, “यस मुद्दामा कुनै कानूनी आधार छैन र लिगाडोका आरोपहरू आधारहीन छन्।”

प्रवक्ताले थपे, “ लिगाडो को दिवालिया घोषणा पछि गरिएको यो मुद्दालाई हामी जोडदार रूपमा प्रतिवाद गर्नेछौं।” लिगाडोले अमेरिकी सरकार र विभिन्न संघीय एजेन्सीहरू विरुद्ध मुद्दा दायर गरेको थियो, जसमा रक्षा विभागको फ्रिक्वेन्सी प्रयोगलाई समर्थन गर्दै आफ्नो योजनामा अवरोध गरेको आरोप लगाइएको छ।

रक्षा विभागले स्पेक्ट्रम प्रयोग गर्न नसक्ने अवस्थामा पनि इनमार्स्याटले सम्झौताको अन्तर्गत पैसा स्वीकार गरेको लिगाडो को आरोप छ। हाल लिगाडोले आफ्नो SkyTerra-1 र MSAT-2 भूस्थिर स्याटलाइटहरू प्रयोग गरी उत्तरी अमेरिकामा सरकारी र व्यावसायिक ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

दिवालियाको पुनर्संरचना योजनाअन्तर्गत लिगाडोले ७.८ अर्ब डलर ऋणलाई इक्विटीमा रूपान्तरण गर्ने र आफ्नो कुल ऋण १.२ अर्बमा झार्ने लक्ष्य राखेको स्पेसन्युज डटकमले उल्लेख गरेको छ।

लिगाडोले जनाएअनुसार एएसटी स्पेसमोबाइललाई आफ्नो स्पेक्ट्रम भाडामा दिने सम्भावित सम्झौतासँगै आफ्नो सेवा जारी राख्नेछ। एएसटी स्पेसमोबाइलले सीधा स्मार्टफोन कनेक्टिभिटी सुधार गर्न  लिगाडो को रेडियो वेभ्स प्रयोग गर्ने योजना बनाएको छ।

Sajilo Visa

प्रकाशित: २६ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया