Technology Khabar २५ पुष २०८१, बिहीबार
काठमाडौं ।
आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले माघ ११ देखि २० गते सम्म उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसको मैदान आयोजना गर्ने आठौ संस्करणको विराट एक्स्पोमा औद्योगिक उत्पादन र व्यापारिक वस्तुको प्रर्दशनी मात्र हुने छैन।
एक्स्पो २०२५ डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट थिममा सञ्चालन हुने विशुद्ध यो औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ता वीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदन प्रदान गर्ने मात्र नभएर उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न र नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्यत पुग्ने विश्वास आयोजकको छ।
संगठनले २०५३ सालमा पहिलो एक्स्पोको रुपमा कोशी महोत्सवको नामबाट गरेको थियो। २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आईपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पो मध्ये आफ्नै छुट्टै पहिचान र ब्राण्डका रुपमा स्थापित भएको छ।
आठौ संस्करणको विराट एक्स्पोले नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्ने अपेक्षामा एक्स्पोमा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दैछ। संगठनले विगत तिन बर्षदेखि सञ्चालन गर्दै सफलता हात पार्दै आएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थीत वनाउन चालु वर्षदेखि संघीय सरकारले उद्योग संगठनसँग बजेट सहितको सहकार्य गरेको छ।
नीजि क्षेत्रबाट संगठन, शैक्षिक क्षेत्रबाट पूर्वाञ्चल विश्वविद्यालय, स्थानीय सरकारबाट बिराटनगर महानगरपालिकाको समेत सहकार्यमा यो कार्यक्रमलाई संस्थागत गर्न एक्स्पोमा बिराटनगर इन्कुबेशन सेन्टरको स्थापना गरिने आयोजकले जानकारी दिएको छ।
संगठनले विगत तीन वर्ष देखि युवा उद्यमशिलता प्रवद्र्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले संचालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम तेश्रो चरणमा संचालन भईरहेको छ।
इन्कुबेशन सेन्टरको औपचारिक सुरुवात र परीक्षणकालागि डेमो इन्कुबेशन कार्यक्रम सञ्चालन गर्न विराट एक्स्पोमा भिजन कोशी हकाथन सञ्चालन गरिदैछ । यो हाकाथनमा नयाँ व्यवयसायिक सोच र विचार भइएका युवाहरु वीच १० दिन सम्म प्रतिष्पर्धा गराईने छ।
नविनतम व्यवसायीक आइडिया भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले राखिने यो पेभिलियनमा कृषि, उद्योग र पर्यटन क्षेत्रका समस्यालाई प्रविधिमा आधारित बिजनेश विकास गर्न इच्छुक युवाहरुको छनौट गरी १० दिने कार्यसालामा समाधान निकाल्ने गरि ह्याकथुन कार्यशालामा राखिनछ। उक्त कार्यशालामा छनौट भएका स्टार्टअपहरुलाई आवश्यक पर्ने सबै प्रकारको सेवा उपलध गराएर मकअप प्रोटोटाइप बनाउन सहयोग गरिने र अन्त्यमा सबै प्रतिष्पर्धीहरुले थप व्यवासायीक सेवा, इन्भेष्टरहरुसँग प्रत्यक्ष भेट, तथा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने उल्लेख छ।
उक्त क्रियाकलाप मार्फत स्टार्टअप इकोसिष्टमको अवस्था, चुनौती तथा अघि बढ्न सक्ने सम्भावनाहरुका बारेमा स्टार्टअपका सबै चक्रको अवस्था प्रत्यक्ष उजागर हुने विश्वस उद्योग संगठनको छ। यो पेभिलियनको मुख्य उद्देश्य युवाहरुलाई आफ्नो क्षमता र सीपको परिक्षण गर्ने अवसर उपलब्ध गराउनु हो । संगठनले सञ्चालन गर्दै आएको स्टार्टअप तथा इन्नोभेसन कार्यक्रमकै परिष्कृत कार्यक्रमका रुपमा यसलाई अघि बढाईएको हो। यो पेभिलियनमा इन्भेष्टर्स मिट तथा नीतिगत छलफलका स्टार्टअप कन्फरेन्सको पनि आयोजना गर्ने एक्स्पोको तयारी रहेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: २५ पुष २०८१, बिहीबार