साइबर सुरक्षा र एआईका बारेमा थप अध्ययन तथा यसको उचित प्रयोग गर्नुपर्छ: मन्त्री लेखी

Technology Khabar २५ पुष २०८१, बिहीबार

साइबर सुरक्षा र एआईका बारेमा थप अध्ययन तथा यसको उचित प्रयोग गर्नुपर्छ: मन्त्री लेखी
फाइल तस्बिर
Global IME Bank

काठमाडौं ।

मधेश प्रदेशका गृह, सञ्चार र कानुनमन्त्री राजकुमार लेखीले साइबर सुरक्षा र एआईका बारेमा थप अध्ययन र त्यसको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आमसञ्चार प्राधिकरण, मधेश प्रदेशद्वारा आयोजित साइबर सुरक्षा र कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाजमा व्याप्त विकृति विसङ्गति र कुरीतिको अन्त्य गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै भने, “हामी हरेक मञ्चमा सुशासन र भ्रष्टाचार अन्त्यको कुरा गर्छौं तर अझै यसको पूरा कार्यान्वयन भएको छैन। यसको सुरुवात हामी आफैँबाट गर्नु पर्छ। हरेक नागरिकले समयमै ठिक काम गर्न थाल्यो भने समाज र जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ।”

प्रदेश सांसद रामआशिष यादवले प्रविधिको महत्त्व र सञ्चारकर्मीले यसबारेमा अध्ययन गर्नु आवश्यक रहेको बताए। उनले प्रविधिको दुरुपयोगभन्दा सदुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए। प्रदेश सांसद रत्नेश्वर गोइत यादवले भने, “यदि प्रविधि सकारात्मक ढङ्गले प्रयोग गरिन्छ भने यसबाट सकारात्मक परिणाम आउँछ, तर यसको नकारात्मक प्रयोगले नकारात्मक परिणाम ल्याउँछ।”

गृह, सञ्चार र कानुन मन्त्रालयका सचिव उद्धव रिजालले प्रविधिको विकासले मानिसलाई सहज बनाउन सहयोग गरेको र यसको उचित प्रयोगका लागि जनता र सबै पक्षलाई सचेत बनाउन आवश्यक रहेको उल्लेख गर्दै भने, “आजको मान्यतासँग हिजोको मान्यता परिवर्तन गर्नका लागि हामीले प्रयास गर्नु पर्छ र त्यसका लागि प्रविधिको सदुपयोग गर्नुपर्ने छ।”

कार्यक्रममा प्रशिक्षक जीवन भण्डारी र प्रकाश मैनालीले साइबर सुरक्षा र एआइका प्रयोग प्रभाव चुनौती र कानुनी व्यवस्थाका विषयमा जानकारी दिएका थिए।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया