लुम्बिनी प्राविधिक विश्वविद्यालय जनशक्ति उत्पादनको केन्द्र बन्नुपर्छ: मुख्यमन्त्री आचार्य

Technology Khabar २५ पुष २०८१, बिहीबार

लुम्बिनी प्राविधिक विश्वविद्यालय जनशक्ति उत्पादनको केन्द्र बन्नुपर्छ: मुख्यमन्त्री आचार्य
Global IME Bank

काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई विश्व बजारमा काम गर्नसक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

विश्वविद्यालयको छैटौँ सभा (सिनेट) लाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखेका हुन्।

“यो विश्वविद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौँ, देशका विभिन्न स्थानबाट यहाँ पढ्न आउने वातावरण सरकारले सृजना गर्न चाहन्छ”, उनले भने, “युगले खोजेको जनशक्ति उत्पादन गर्दै विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेबारेमा गम्भीर भएर लाग्न जरुरी छ।”

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने सङ्कल्पसहित विश्वविद्यालय स्थापना भएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाको अध्ययन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए।

विश्वविद्यालयका कुलपतिसमेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएकोसमेत जानकारी गराए। विश्वविद्यालयको सिनेट बैठकमा आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगतिको समीक्षा, चालु आवको बजेट तथा कार्यक्रमलगायत विविध विषयमा छलफल भएको थियो।-रासस

Sajilo Visa

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया