Technology Khabar २५ पुष २०८१, बिहीबार
काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी सामसङले यस वर्षको सीईएसमा विश्वको सबैभन्दा ठूलो बेन्डेबल ओएलईडी डिस्प्ले ल्याउने तयारी गरिरहेको छ।
सन् २०२२ मा सामसङले १७.३ इन्चको बेन्डेबल ओएलईडी डिस्प्ले प्रस्तुत गरेको टेलिग्राफले रिपोर्ट गरेको छ। कम्पनीले यसलाई आफ्नै उत्पादनहरूमा प्रयोग नगरे पनि अन्य ब्रान्डहरूलाई प्रविधि प्रदान गरेको थियो।
अब, सामसङले सीईएस २०२५ मा १८.१–इन्चको बेन्डेबल ओएलईडी प्यानल अनावरण गर्ने उल्लेख गरिएको छ। यो साथ सामसङले यसलाई अर्को स्तरमा लैजाने उल्लेख गरिएको छ।
स्क्रिनलाई पूर्ण रूपमा खोल्दा १८.१ इन्चको हुने (ठूलो ल्यापटप जस्तै) बताइएको छ। फोल्ड गर्दा भने यो १३.१ इन्चमा संकुचित हुने र थप पोर्टेबल बन्ने उल्लेख गरिएको छ।
यो इनोभेटिभ डिजाइनले डिस्प्लेलाई मोनिटर र कम्प्याक्ट ल्यापटप स्क्रिनको रूपमा गरी दुवै तवरमा प्रयोग गर्न अनुमति दिनेछ। त्यसैगरी माउस र किबोर्ड थपेर, यसले सजिलैसँग पूर्ण कार्यस्थानको रूपमा काम गर्न सक्ने उल्लेख गरिएको छ।
यद्यपि सामसङले यो स्क्रिन प्रयोग गरेर आफ्नै डिभाइस भने उत्पादन नगर्ने र लेनोभो, असुसजस्ता अन्य निर्माताहरूलाई टेक्नोलोजी बिक्री गर्ने विश्वास गरिएको छ।
माथि उल्लिखित आयामहरूको साथ स्क्रिनमा टच फङ्गसनेलिटी हुनुपर्ने र उन्नत प्रविधिहरूसहित उच्च मूल्य हुने अपेक्षा गरिएको छ।
यसले स्क्रिनलाई हाई–इण्ड डिभाइसहरूको लागि प्रिमियम विकल्पको रूपमा स्थान दिने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २५ पुष २०८१, बिहीबार