सोनी र होन्डाको साझेदारीमा निर्मित अफीला १ विद्युतीय कार सीईएस २०२५ मा अनावरण

Technology Khabar २५ पुष २०८१, बिहीबार

सोनी र होन्डाको साझेदारीमा निर्मित अफीला १ विद्युतीय कार सीईएस २०२५ मा अनावरण
Global IME Bank

काठमाडौं ।

सन् २०२५ को कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा सोनी र होन्डाको साझेदारीमा निर्मित विद्युतीय सवारी ब्रान्ड अफीलाले आफ्नो उद्घाटन कारको रुपमा अफेला १ अनावरण गरेको छ।

अफेला १ संस्करण आफ्नो उत्पादन–तयारीको नजिक रहेको बताइएको छ। यो मिडसाइज लिफ्टब्याक, पहिलो पटक गत वर्ष सीईएसमा झलक प्रदान गरिएको थियो भने यसले अत्याधुनिक टेक्नोलोजी र प्रभावशाली विशिष्टताहरूको लहर प्रदान गर्ने वाचा गरेको उल्लेख छ।

अफीला १ ओरिजिन र अफीला १ सिग्नेचरको साथ अफीला १ ले दुईवटा ट्रिममा डेब्यू गर्नेछ। अफीला १ ओरिजिनको मूल्य ८१,००० यूरो र अफीला १ सिग्नेचरको मूल्य ९२,७०० यूरो कायम गरिएको छ।

दुवै संस्करणहरूमा एआई–सञ्चालित पर्सनल असिस्टेन्ट र सेमी–अटोमेटेड ड्राइभर–असिस्ट सिस्टम्स (अर्ध–स्वचालित चालक–सहायता प्रणालीहरू) सहित इन–कार सुविधाहरूको सुइटको लागि तीन–वर्षको सदस्यता समावेश रहेको उल्लेख गरिएको छ।

सिग्नेचर ट्रिमको डेलिभरी सन् २०२६ को मध्यदेखि सुरु हुनेछ भने सन् २०२७ मा ओरिजिन ट्रिमको पनि डेलिभरी सुरु गरिने उल्लेख गरिएको छ।

अफीला १ को लम्बाइ ४९१५ मिमी रहेको र लुसिड एयरभन्दा थोरै छोटो भएको बताइएको छ। यसको ह्वीलबेसले ठूलो इन्टेरियर स्पेस (भित्री ठाउँ) प्रदान गर्ने वाचा गरेको उल्लेख छ।

क्याबिन भित्र, ड्यासबोर्डभर फैलिएको स्क्रिनको एउटा पानोरामिक सिरिजलाई बाधारहित भ्यूका लागि योक–शैलीको स्टीयरिङ ह्वीलद्वाले कम्प्लिमेन्ट गरेको बताइएको छ।

त्यसैगरी इन्टेरियरमा दिगो सामग्रीहरू प्रयोग गरिएको र सोनी को ३६० स्पेसियल साउन्ड टेक्नोलोजीजले एक इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

अफीला १ डुअल–मोटर अल–ह्वील–ड्राइभ प्रणाली द्वारा सञ्चालित रहेको छ। प्रत्येक मोटरले २४१ एचपी (हर्सपावर) उत्पन्न गर्ने भएकाले यसबाट तेज गतिको आशा गर्न सकिने बताइएको छ।

९१ किलोवाट आवरको लिथियम–आयन ब्याट्रीले ४८३ किमी सम्मको अनुमानित ईपीए रेञ्ज प्रदान गर्ने उल्लेख छ। विद्युतीय कारले १५० किलोवाटसम्मको दरमा डीसी फास्ट चार्जिङलाई समर्थन गर्ने र एनएसीएस–शैलीको चार्ज पोर्ट प्रयोग गरेको उल्लेख छ।

त्यसैगरी उन्नत अफीला इन्टेलिजेन्ट ड्राइभ सिस्टममा ४० वटा क्यामराहरू र सेन्सरहरू रहेका छन्। यो प्रणाली राजमार्ग र शहरी सडक दुवैमा सञ्चालन गर्न सक्षम हुने बताइएको छ।

यद्यपि सुरुदेखि नै चालकको सुपरिवेक्षण अनिवार्य हुनेछ भने यो लेभल २+ प्रणाली मात्र भएको उल्लेख गरिएको छ। सोनीले लेभल ३ अपडेटले भविष्यमा केहि समयमा पछ्याउने वाचा गरेको छ।

विद्युतीय सवारी बाहेक अफीलाले एक व्यापक डिजिटल इकोसिस्टमको परिकल्पना गरेको छ। कम्पनीले मोबाइल फोनको एप इकोसिस्टमलाई प्रतिबिम्बित गर्दै अफेला १ का लागि एप र सेवाहरू सिर्जना गर्न सक्ने खुला प्लेटफर्म सिर्जना गर्न चाहेको उल्लेख छ।

होन्डाले आफ्नो ओहायो प्लान्टमा अफीला १ को उत्पादन ह्यान्डल गर्नेछ। कम्पनीले यो दशक पछि एसयूभी र कम्प्याक्ट मोडलका साथ अफीला लाइनअप विस्तार गर्ने योजना बनाएको एरिनाईभीले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया