रेजरले सीईएस २०२५ शोमा प्रस्तुत गर्यो सबैभन्दा पातलो ल्यापटप

Technology Khabar २५ पुष २०८१, बिहीबार

रेजरले सीईएस २०२५ शोमा प्रस्तुत गर्यो सबैभन्दा पातलो ल्यापटप
Global IME Bank

काठमाडौं ।

सीईएस २०२५ ट्रेड शो आधिकारिक रूपमा सुरु भएको छ र प्रदर्शनीमा सामसङ, एलजी र रेजरका साथै विभिन्न ब्रान्डहरूले आ–आफ्नो नयाँ डिभाइसहरू प्रस्तुत गरेका छन्।

रेजरले आफ्नो अर्को पुस्ताको ल्यापटप ‘ब्लेड १६’ प्रस्तुत गरेको छ जुन कम्पनीले आफ्नो “अहिलेसम्मको सबैभन्दा पातलो गेमिङ ल्यापटप” भएको दाबी गरेको छ।

रेजरले सीईएस २०२४ मा आफ्नो अघिल्लो ल्यापटप ल्याएको एक वर्ष पछि यो नयाँ डिभाइस लन्च गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

रेजरको अनुसार, नवीनतम ब्लेड १६ को थिकनेस (मोटाई) ०.५९ इन्च रहेको र यो नयाँ मोडेल सन् २०२४ को मोडेल भन्दा ३२ प्रतिशत पातलो भएको बताइएको छ।

यो घटाइएको स्पेस (ठाउँ) ले ब्याट्री जीवनलाई असर गर्ने उल्लेख गरिएको छ। ब्लेड १६ को किबोर्डमा पनि परिवर्तन भएको बताइएको छ। साथै यसमा क्यूएचडी+(प्लस) र २४० हर्ज रिफ्रेस रेट सहितको १६–इन्च डिस्प्ले समावेश गरिएको छ।

ब्लेड १६ मा ०.२ एमएस रेसपोन्स टाइम (प्रतिक्रिया समय) भएको ओएलईडी स्क्रिनको साथ पहिलो पटक एएमडी राइजेन एआई प्रोसेसरहरू प्रस्तुत गरिएको बताइएको छ जसले आर्टिफिशियल इन्टेलिजेन्स प्रयोग गर्ने कुनै पनि एप्लिकेसनलाई समर्थन गर्दछ।

ब्लेड १६ को मूल्य निर्धारणको बारेमा भने अझै सम्म घोषणा नगरिएको उल्लेख छ। यद्यपि यसको पूर्ववर्तीको मूल्य २,७०० अमेरिकी डलर भएको हुनाले यो सस्तो हुने सम्भावना नभएको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २५ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया