Technology Khabar २५ पुष २०८१, बिहीबार
काठमाडौं ।
केही भारतीय सरकारी वेबसाइटहरूमा अझै पनि ठगी लिङ्कहरू राख्न सकिने स्थिति कायम रहेको बुझिएको छ। आफूहरुले महिनौंअघि यो समस्या सार्वजनिक गरे पनि अझसम्म पूर्णरुपमा समाधान भइनसकेको प्रविधि समाचार संस्था टेकक्रञ्चले जनाएको छ।
भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर), भारतीय हुलाक सेवा (ईण्डिया पोस्ट), हरियाणा र महाराष्ट्रका राज्य सरकार तथा काउन्सिलहरू लगायतका ९० भन्दा बढी “gov.in” वेबसाइट लिंकहरू फेला पारेको टेकक्रञ्चले उल्लेख गरेको छ जुन अनलाइन बेटिङ र लगानी ठगी साइटहरूसँग जोडिएका छन्।
गुगलजस्ता सर्च इन्जिनहरूले सरकारी वेबसाइटहरूमा राखिएका यी ठगी लिंकहरूलाई अनुक्रमणिका (इण्डेक्स्ड) बनाएका छन्। यसले गर्दा साधारण इन्टरनेट प्रयोगकर्ताहरूले सहजै यी ठगी साइटहरू भेट्टाउने जोखिम बढाएको छ।
टेकक्रञ्चका अनुसार सरकारी डोमेनमा यस्ता ठगी लिंक राखिनु चिन्ताको विषय बनेको छ। यसले न केवल प्रयोगकर्ताको विश्वास गुम्न सक्छ, तर अनलाइन सुरक्षामा गम्भीर प्रश्नहरू खडा गर्दछ।
प्रकाशित: २५ पुष २०८१, बिहीबार