‘विराट एक्स्पो–२०२५’ आयोजना हुँदै एआई कन्फ्रेन्सदेखि स्टार्टअप भिजन कोशी ह्याकाथन गरिँदै

Technology Khabar २४ पुष २०८१, बुधबार

‘विराट एक्स्पो–२०२५’ आयोजना हुँदै एआई कन्फ्रेन्सदेखि स्टार्टअप भिजन कोशी ह्याकाथन गरिँदै
Global IME Bank

काठमाडौं ।

जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गरे।

सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) Digital Koshi: Bridging Innovation & Investment थिममा आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

विराट एक्स्पोमा नौ ओटा पेभिलियन (व्यापारी कक्ष) अन्तर्गत दुई सय ६८ स्टल रहने एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए।

एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई मोमेन्टम दिन डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिएको छ। विशेषगरी युवाहरुले डिजिटल प्रविधिमा आधारित रहेर संचालन गरेको उद्योग/व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरि करियर काउन्सिलिङ, ए.आई. कन्फ्रेन्स, स्टार्टअप भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विटुवि विराट बजार, विजनेश क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको छ।

विराट एक्स्पो–२०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र स्टलका लागि मैदान निर्माण सुरु भएको संयोजक दुलालले जानकारी दिए।

Sajilo Visa

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया