सीईएस २०२५: यस्तो रह्यो पहिलो दिनको प्रविधि र उपकरणको शोकेस

Technology Khabar २४ पुष २०८१, बुधबार

सीईएस २०२५: यस्तो रह्यो पहिलो दिनको प्रविधि र उपकरणको शोकेस
Global IME Bank

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो प्राविधिक कार्यक्रम कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ आधिकारिक रूपमा जनवरी ७ देखि १० तारिख सम्म लस भेगासमा सुरु भएको छ। सीईएस २०२५ को पहिलो दिनमा नयाँ टिभीहरू, ग्याजेटहरू र आँखा तर्ने फरी मङ्की रोबोट प्रदर्शन गरिएको छ।

इनग्याजेटले प्रदर्शनीको बारेमा तयार पारेको यस रिक्यापमा सबै कुरा कभर नभएको हुन सक्छ। यद्यपि यो रिपोर्ट तपाईंको मनोरञ्जनको लागि सबैभन्दा ठूलो, महत्त्वपूर्ण र सामान्यतया चाखलाग्दो समाचारहरूको रनडाउन हुन सक्नेछ।

प्रदर्शनीमा पीसी स्पेसतर्फ ठूला नामहरूबाट बलियो प्रदर्शन भएको र इन्टेलले पछिल्लो एरो लेक चिप्सको प्रदर्शन गरेको उल्लेख छ। यी सिलिकनका एआई र गेमिङ–अनुकूल स्लाइसहरू अर्को तीन महिनामा प्रमुख निर्माताहरूबाट पीसी र ल्यापटपहरूमा आउने बताइएको छ।

डेलले एप्पलको नामकरण रणनीति नक्कल गर्ने पक्षमा आफ्ना ब्रान्डहरूको ठूलो हिस्सालाई खतम गर्ने प्रदर्शनीमा घोषणा गरेको छ। डेलले अब एक्सपीएस, इन्स्पिरन र ल्याटिट्यूडको सट्टा डेल प्रो र डेल म्याक्स हुने उल्लेख गरेको छ।

एएमडीले नयाँ राइजेन जेड२ को घोषणा गरेको छ। नयाँ चिपले गेमिङ ह्यान्डहेल्डहरूको अर्को क्रपलाई शक्ति दिने उल्लेख गरिएको छ। जेड२ भल्भको अर्को स्टीम डेकको मुटुमा बस्ने भनि अफवाहले सुझाव दिएको छ।

ह्यान्डहेल्डतर्फ, एसरले आफ्नो सुपरसाइज्ड स्टीम डेक प्रतिद्वन्द्वी, नाइट्रो ब्लेज ११ प्रदर्शन गरेको छ। नामले इङकित गरे जस्तै, यसले ११ इन्चको डिस्प्ले, किकस्ट्यान्ड र डिट्याचेबल कन्ट्रोलरहरू प्याक गर्ने बताइएको छ।

सामसङले शो (प्रदर्शनी) मा ग्यालेक्सी बुक ५ प्रोलाई इन्टेलको नयाँ एरो लेक चिप्सको साथमा प्रदर्शन गरेको छ। तर सामसङको वास्तविक फोकस भने यसको नयाँ साउन्डबारहरू र ८के नियो क्यूएलईडी स्क्रिनहरू सहितको होम इन्टरटेनमेन्ट गियरको नयाँ दायरामा रहेको बताइएको छ जुन यसको नयाँ फ्रेम प्रो टिभीहरूमा फेला पार्न सकिने उल्लेख गरिएको छ।

सीईएस मोबाइल–अनुकूल शो भने होइन। यद्यपि सामसङले सन् २०२५ को पहिलो अनप्याक्ड कीनोट जनवरी २२ मा हुने घोषणा गरेको छ। सामसङको बल आकारको रोबोट ‘बल्ली’ अर्को वर्ष बिक्रीमा जाने उल्लेख गरिएको छ।

घरको भुइँमा वरपर घुम्ने रोबोभ्याक्सलाई धेरै कम्पनीहरूले अलग बनाउनको लागि बाटो खोज्ने प्रयास गरिरहेका प्रदर्शनीमा देख्न सकिने बताइएको छ।

ड्रीमेको एक्स५० ले आफ्नो “प्रोलीप सिस्टम” मार्फत ६ सेन्टिमिटर जति अग्लो अवरोधहरू भल्ट गर्न सक्ने हुनाले कठिन ढोका थ्रेसहोल्डहरूमा अड्किनबाट बच्न सक्ने उल्लेख गरिएको छ। धेरैजसो रोबोभ्याकहरू एक कोठा र अर्को कोठाको बीचमा थ्रेसहोल्डमा दौडिन सक्ने बताइएको छ जुन एक उपयोगी सुविधा हो।

यसै बीचमा, रोबोरोकको सारोस जेड७० को ढक्कनमा सानो रोबोटिक आर्म (हात) रहेको र जसले आफ्नो बाटोमा भेटिएका साना वस्तुहरू उठाउन र सार्न सक्ने उल्लेख गरिएको छ।

एआईतर्फ, हलिडेको एआई ग्लासेस निकै राम्रो भएको उल्लेख गरिएको छ। हलिडेको एआई ग्लासेसहरू लाइफ नेभिगेट गर्न, सक्रिय रूपमा  प्रश्नहरूको जवाफ दिन, मुख्य जानकारी सम्झन मद्दत गर्न र सामान्यतया तपाईंको थकित मस्तिष्कलाई आराम दिन मद्दत गर्न डिजाइन गरिएको बताइएको छ।

युकाई ईन्जिनियरिङ्ले पनि तपाईको थकित मस्तिष्कलाई हेर्ने बताइएको छ। यसको मिरुमी रोबोट मानिसलाई हसाउन (मुस्कुराउन) को लागि डिजाइन गरिएको उल्लेख छ।

यदि तपाईंले दिक्कमहसुस गर्दै हुनुहुन्छ भने यो मिरुमी रोबोटले तपाईंलाई रमाइलो वा आनन्द भावको महसुस नगरेसम्म हेरिरहने उल्लेख गरिएको छ।

एलजीले हालै आफ्नो नयाँ चिफ (प्रमुख) विङ्ग विल डट आई डट याम (will.i.am) लाई अधिकारीको रूपमा नियुक्त गरेको छ। साथै विल डट आई डट याम (will.i.am) को उपस्थिति बिना सीईएस खल्लो हुने उल्लेख गरिएको छ। कम्पनीले आफ्ना नयाँ टिभी र साउन्डबारहरूका साथै आफ्नो नयाँ विल डट आई डट याम (will.i.am) इनफ्युज्ड एक्सबूम स्पिकरहरूलाई बिल्ट–इन बूम, बूम र पाउको साथ प्रदर्शन गरेको उल्लेख छ।

प्रदर्शनीमा दुई फरक कम्पनीहरूले शारीरिक तरल पदार्थहरूतर्फः लस भेगासमा सलाइभा–टेस्टिङ (र्याल –परीक्षण) ग्याजेटहरू प्रदर्शन गरेको उल्लेख छ।

उनीहरूले उपभोक्ताहरूको तनाव निगरानी गर्न त्यस चीजमा थुक्न आग्रह गरेको बताइएको छ। कोर्टिसेन्स र हर्मोमिटर नामक दुई उत्पादनहरूले तपाईंको सलाइभामा कोर्टिसोल (“स्ट्रेस हर्मोन”) लेभलहरू निगरानी गर्ने उल्लेख गरिएको छ।

पहिलो दिनका केही भारी हिटरहरूः सोनी र एनभिडिया बाट प्रेस सम्मेलनको साथ राउन्ड आउट गरिएको छ। सोनीले कन्ज्युमर (उपभोक्ता) इलेक्ट्रोनिक्सतर्फ धेरै कम प्रदर्शनी गरेको र यसको सट्टा सोनीले होन्डासँग बनाएको कारको मूल्य खुलासा गरेको छ।

त्यसपछि एक घण्टाको लागि प्रसारण सामग्रीको बारेमा कुरा गरेको बताइएको छ। त्यसैगरी एनभिडियाको लागि, सीईओ जेन्सेन हुआंगले ३० मिनेटको लागि एआईको बारेमा कुरा गरेको र त्यसपछि केही नयाँ जीपीयूहरू घोषणा गरेको उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २४ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार