के यूएसबी केबल पनि ह्याक हुन्छ भन्ने तपाईँलाई थाहा छ? यसरी पत्ता लगाउनुस्

Technology Khabar २३ पुष २०८१, मंगलवार

के यूएसबी केबल पनि ह्याक हुन्छ भन्ने तपाईँलाई थाहा छ? यसरी पत्ता लगाउनुस्
Global IME Bank

काठमाडौं ।

ह्याक गरिएको यूएसबी–सी केबल चिन्न सजिलो नभएको र तिनीहरू देख्नमा सामान्यहरू भन्दा केही फरक नदेखिने उल्लेख गरिएको छ।

ह्याकरहरूले प्रयोगकर्ताहरूको कम्प्युटर ह्याक गर्नको लागि यूएसबी–सी केबलहरूको दुरुपयोग गर्ने तरिका पत्ता लगाएका छन्।

पहिलो पटक त्यस्ता केबलहरू सन् २००८ मा पत्ता लगाइएका थिए भने तिनीहरू महँगो हुनुका साथै त्यतिबेला दुर्लभ पनि थिए।

यसैबीच, अवस्था परिवर्तन भएको र अब त्यस्ता केबलहरू “स्पाई केबल्स” को रूपमा किन्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

यद्यपि तिनीहरू देख्नमा नियमितहरूबाट केही फरक नदेखिने कुरालाई ध्यानमा राख्दै, खतरायुक्त यूएसबी–सी केबलहरू पत्ता लगाउन सजिलो नभएको उल्लेख गरिएको छ।

तिनीहरू एक्स–रे वा थ्रीडी सीटी स्क्यानिङद्वारा सजिलै पत्ता लगाइने भए तापनि यो विकल्प धेरै प्रयोगकर्ताहरूको लागि उपलब्ध नभएको उल्लेख गरिएको छ।

तसर्थ, अविश्वसनीय स्रोतहरू र विक्रेताहरूबाट केबलहरू नकिन्ने, तिनीहरूलाई अविश्वसनीय ठाउँहरूमा प्रयोग नगर्ने जस्ता केहि सामान्य, निवारक विधिहरू पालना गर्न आवश्यक रहको उल्लेख गरिएको छ। त्यसका साथै सिधै निर्माताबाट आउने मूल केबलहरू किन्न उत्तम हुने थप उल्लेख गरिएको छ।

अत्यधिक संवेदनशील डाटा ह्यान्डल गर्दा, सामान्यतया यी परिस्थितिहरूमा कम्पनीहरू र सरकारी संस्थाहरूले मालिसियस (खतरायुक्त) केबलहरू पत्ता लगाउन सक्ने सेवाहरू प्रयोग गर्ने गरेको टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार