डल्फिन नेट कम्युनिकेशनको अनुमतिपत्र खारेज

Technology Khabar २२ पुष २०८१, सोमबार

डल्फिन नेट कम्युनिकेशनको अनुमतिपत्र खारेज
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक डल्फिन नेट कम्युनिकेशन प्रा. लि., वीरगञ्ज – ११, श्रीपुर, पर्साको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी प्राधिकरणबाट डल्फिन नेट कम्युनिकेशन प्रा. लि. लाई २०७६ / ०९ / ०६ मा प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र (फि. ज. १ – १६६) नवीकरण नगरेका कारण खारेज गरिएको जानकारी दिएको हो।

‘नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८१/०९/०६ देखि स्वतः रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ।

प्राधिकरणले उक्त प्रा.लि. ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा पनि यो सूचना जारी भएको मितिले ३० दिनभित्र  कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया