सामसङ र एप्पलले सिलिकन–कार्बन ब्याट्रीहरूमा स्विच गर्न सक्ने रिपोर्टको दावी

Technology Khabar २२ पुष २०८१, सोमबार

सामसङ र एप्पलले सिलिकन–कार्बन ब्याट्रीहरूमा स्विच गर्न सक्ने रिपोर्टको दावी
Global IME Bank

काठमाडौं ।

सिलिकन–कार्बन (एसआई–सी) ब्याट्रीहरू अपनाउने चिनियाँ स्मार्टफोन निर्माताहरूको प्रभुत्वले सामसङ र एप्पल जस्ता विश्वव्यापी जायन्टहरूलाई आविष्कार गर्न बढ्दो दबाब दिएको देखिन्छ।

चिनियाँ ब्रान्डहरूले पहिले नै आफ्ना डिभाइसहरूमा ६,०००एमएएच भन्दा बढीको ब्याट्रीहरू समावेश गरिसकेका छन्। अर्कोतर्फ, एप्पलका साथै सामसङ अझै पनि ग्यालेक्सी एस२४ अल्ट्रा जस्ता फ्ल्यागशिप मोडेलहरूको लागि ५,०००एमएएच सीमामा सीमित रहेका छन्।

यद्यपि, दुबै कम्पनीहरूले अब सिलिकन–कार्बन ब्याट्री टेक्नोलोजी विकास गरेर यो सीमितता हटाउन काम गरिरहेका छन् भनि एउटा ताजा अफवाहले सुझाव दिएको छ।

कोरियाली ब्लगिङ प्लेटफर्म नाभरमा येक्स११२२ (yeux1122) को एक रिपोर्टले सामसङ सिलिकन–कार्बन ब्याट्रीको भौतिक विकासमा प्रत्यक्ष रूपमा संलग्न रहेको दावी गरेको छ। यद्यपि, प्रविधिले व्यावसायिक उपकरणमा कहिले प्रवेश गर्न सक्छ भन्ने बारे कुनै स्पष्टता छैन।

अर्कोतर्फ, सुस्त गतिमा नयाँ प्रविधिहरू अपनाउने आफ्नो इतिहासको साथ एप्पलले एक सावधानी अपनाएको देखिन्छ।

सिलिकन–कार्बन (एसआई–सी) ब्याट्रीहरू किन आवश्यक?

सिलिकन–कार्बन ब्याट्रीहरूमा उच्च ऊर्जा घनत्व हुन्छ जसले गर्दा एउटै भौतिक फुटप्रिन्ट (पदचिह्न) भित्र ठूलो ब्याट्री क्षमताहरू प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। नतिजाको रूपमा, यसले प्रदर्शन र सुविधा एकीकरणको साथ ब्याट्री जीवन सन्तुलन गर्दै प्रिमियम स्मार्टफोनहरूको मुख्य चिन्तालाई सम्बोधन गर्दछ।

आईफोन १६ प्रो म्याक्स र ग्यालेक्सी एस२४ अल्ट्रा जस्ता फ्ल्यागशिप डिभाइसहरू धेरै कम्पोनेन्टहरूले भरिएका छन् जसले गर्दा ब्याट्रीहरूको लागि थोरै ठाउँ उपलब्ध रहने गर्दछ। ठूला ब्याट्रीहरूले प्रदर्शन, थर्मल व्यवस्थापन, वा अन्य आवश्यक सुविधाहरूमा सम्झौता नगर्ने सुनिश्चित गर्न इन्जिनियरहरूले यस सीमित आन्तरिक ठाउँलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने हुन्छ।

सिलिकन–कार्बन (एसआई–सी) ब्याट्रीहरू यस समस्याको लागि उत्कृष्ट समाधान भएको उल्लेख गरिएको छ। यद्यपि सामसङ र एप्पलले अझै पनि यो प्रविधिलाई तिनीहरूको फ्ल्यागशिप लाइनहरूमा ल्याउन बाधाहरू सामना गर्न सक्ने उल्लेख गरिएको छ। ठूला ब्याट्रीहरूलाई स्लिम डिजाइनहरूमा फिट गर्ने ईन्जिनियरिङ् चुनौतीहरू भन्दा बाहेक, विकास र उत्पादन लागत पर्याप्त हुन सक्ने उल्लेख गरिएको छ।

यद्यपि सफ्टवेयर अप्टिमाइजेसन र पावर–इफिसियन्ट कम्पोनेन्टहरूले ब्याट्रीको जीवन विस्तार गरेको भए पनि हालको लिथियम–आयन टेक्नोलोजीको सीमाहरू अझ स्पष्ट हुँदैछन्। सामसङ र एप्पल, अगाडि बढ्नको लागि सिलिकन–कार्बन ब्याट्रीहरू अपनाउनु धेरै आवश्यक कदम जस्तो देखिएको छ। यद्यपि यो नवाचार चाँडै साकार हुन्छ कि हुदैन भन्ने एक खुला प्रश्न रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: २२ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार