Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
रिफ्रेस गरिएको रेडमी बुक १४ (२०२५) र रेडमी बुक १६ (२०२५) चीनमा अनावरण गरिएको छ। उक्त ल्यापटपहरू २०२४ पुनरावृत्तिहरू जस्तै समान रहेका छन्। यद्यपि शाओमी ब्रान्डले तिनीहरूलाई इन्टेल कोर ५ २२०एच सीपीयूहरूसँग सुसज्जित गरेको उल्लेख छ।
इन्टेल चिपद्वारा संचालित एआईको कारण सेलको क्षमता अपरिवर्तित रहेको र ब्याट्री जीवन १५.६% ले सुधार भएको रेडमीले बताएको छ।
रेडमी बुक १४ मा २,८८० × १,८०० पिक्सेलको रिजोल्युसनको साथ १६ः१० रेसियो स्क्रिन रहेको छ। प्यानलले १२० हर्ज रिफ्रेस रेट, ४०० निट्स ब्राइटनेस र १००% एसआरजीबी कलर गामटलाई सपोर्ट गर्नेछ। त्यसैगरी बुक १६ मा अलि फरक आस्पेक्ट र २,५६० × १,६०० पिक्सेलको रिजोल्युसनको साथ समान सुविधाहरू समावेश गरिएका छन्।
दुबै मोडेलहरू ३२ जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र १ टीबी पीसीआईई ४.० एसएसडी स्टोरेज (भण्डारण) का साथ आउछन् भने दुबैले विन्डोज ११ चलाउने उल्लेख गरिएको छ। यसबाहेक ल्यापटपहरूमा एक डुअल–फ्यान कूलिङ समाधान पनि रहेको उल्लेख गरिएको छ।
बुक १४ ल्यापटपमा ५६ डब्ल्यूएचको ब्याट्री रहेको छ भने बुक १६ ल्यापटपमा ७२ डब्ल्यूएचको ब्याट्री समावेश गरिएको छ। दुबै ल्यापटपहरूले १०० डब्ल्यू (वाट) को फास्ट चार्जिङलाई जीएएन एडाप्टरसँग समर्थन गर्दछ। त्यसैगरी दुबै ल्यापटपहरूमा डाटा र चार्जिङका लागि यूएसबी–सी ३.२ जेन २ पोर्ट, बाह्य डिस्प्लेका लागि एउटा एचडीएमआई २.१, २× यूएसबी–ए ३.२ जेन १, १× यूएसबी–ए २.० र ३.५ एमएम अडियो ज्याक समावेश गरिएको छ।
रेडमीले वाई–फाई ६ कनेक्टिभिटि र ब्लुटुथ ५.२ पनि प्रदान गरेका छ। यसले डल्बी भिजन र डल्बी एटमसलाई समर्थन गर्दछ भने बेजेलको फ्रण्टफेसिङ क्यामरामा १०८०पी रिजोलुसन रहेको बताइएको छ जसले यसलाई भिडियो कलहरूको लागि उपयुक्त बनाउने उल्लखे गरिएको छ।
रेडमी बुक १४ र रेडमी बुक १६ को मूल्यहरू यहा छन्। ल्यापटपहरू कम्पनी स्टोरबाट किन्न सकिन्छ र चीनमा तेस्रो–पक्ष खुद्रा विक्रेताहरू चयन गर्न सकिन्छ।
शाओमीले ल्यापटपहरूलाई अन्तर्राष्ट्रिय रूपमा लन्च गर्ने योजनाको बरेमा कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २१ पुष २०८१, आईतवार