Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
सामसङ एन्ड्रोइड १५ मा आधारित वान यूआई ७ को लागि सार्वजनिक बिटा परीक्षण चरणको बीचमा रहेको छ।
त्यस पछि ग्यालेक्सी एस२४ परिवारबाट सुरु हुँदै पुरानो सामसङ डिभाइसहरूमा अपडेट रोल आउट हुने अपेक्षा गरिएको छ। यसको बारेमा, प्रख्यात चिनियाँ लीकर आइस युनिभर्सको नयाँ एक्स पोष्टले ग्यालेक्सी एस२४ मोडेलहरूमा फिङ्गरप्रिन्ट अनलक गर्ने गतिको सम्बन्धमा केही राम्रो समाचार ल्याएको उल्लेख गरिएको छ।
एस२४ डिभाइसहरूमा पहिले नै फिङ्गरप्रिन्ट अनलक गतिको लागि उत्कृष्ट हार्डवेयर रहेको छ जुन अप्टिकलहरू भन्दा छिटो हुने (र हात भिजेको बेला पनि काम गर्ने) अल्ट्रासोनिक सेन्सरहरू प्रयोग गरिएको छ।
यो लामो समयदेखि सामसङको फ्ल्यागशिप लाइनको लागि एक फरक विशेषता भएको छ (यद्यपि अब प्रतिस्पर्धीहरूले पछ्याइसकेका छन्)। साथै वान यूआई सफ्टवेयरमा हिकप्सहरूले कहिलेकाहीं अनलक गर्ने अनुभवलाई अनावश्यक रूपमा स्लो–फिलिङ्ग बनाइदिने गरेको उल्लेख गरिएको छ।
यद्यपि त्यो समस्या अब स्पष्ट रूपमा वान यूआई ७ बाट परिवर्तन हुने बताइएको छ। एनिमेसनहरू थाइटन अप (कडा) र फास्टर (छिटो) बनाइएको जस्तो देखिन्छ। यद्यपि यसमा सुधारको लागि अझै केही ठाउँ रहने उल्लेख गरिएको छ। क्षेत्र। साथै, आइस यूनिभर्सले भने एक्सपिरियन्स (अनुभव) अब वान यूआई ६ मा भन्दा छिटो हुनेछ भनि उल्लेख गरेको छ।
यो कथित रूपमा अर्को वान यूआई ७ बिटामा ल्याण्ड (अवतरण) हुनेछ जुन आगामी केही दिनहरूमा ड्रप हुन सक्छने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २१ पुष २०८१, आईतवार