लन्च हुनुअघि सर्टिफिकेसन साइटहरुमा देखा पर्यो ओप्पो फाइन्ड एन५

Technology Khabar १९ पुष २०८१, शुक्रबार

लन्च हुनुअघि सर्टिफिकेसन साइटहरुमा देखा पर्यो ओप्पो फाइन्ड एन५
Global IME Bank

काठमाडौं ।

ओप्पोको आगामी फाइन्ड एन५ फोल्डेबल स्मार्टफोन सन् २०२५ को सुरुवातमा चीनमा लन्च हुने अपेक्षा गरिएको छ भने त्यसपछि यसलाई वनप्लस ओपन २ को रूपमा अन्तर्राष्ट्रिय बजारमा ल्याइने बताइएको छ।

मोडेल नम्बर सीपीएच२६७१ को साथ फोन मलेसियाको एसआईआरआईएम, इन्डोनेसियाको एसडीपीपीआई र क्यामरा एफभी ५ डाटाबेस जस्ता केही सर्टिफिकेसनहरूमा देखा परेको छ।

जीएसएमएरिनाले यसलाई ओप्पो फाइन्ड एन५ को रूपमा उल्लेख गरे तापनि यो वानप्लस ओपन २ हुन सक्ने बलियो सम्भावना रहेको बताइएको छ। साथै ती दुवै फोनहरू समान हुने अपेक्षा गरिएको छ।

क्यामरा एफभी ५ डाटाबेसमा फोनको पछाडिको क्यामरा १२.६ मेगापिक्सेलको रूपमा सूचीबद्ध रहेको हुनाले यसको रिजोल्युसन ५० मेगापिक्सेल हुने बताइएको छ। साथै १२.६ मेगापिक्सेलको ४–इन–१ पिक्सेल बिनिङ प्रभावकारी रिजोल्युसन हुने बताइएको छ।

फोनको अगाडिको क्यामरा ७.१ मेगापिक्सेलको हुने भनिएको छ र जसले पिक्सेल बिनिङ गर्नु अघि २८.४ मेगापिक्सेल दिनेछ जुन क्यामरा सेन्सरहरूको लागि सामान्य रिजोल्युसन नभएको उल्लेख गरिएको छ। त्यसैगरी मुख्य रियर क्यामरामा एफ/१.९ अपर्चर रहेको छ भने सेल्फी स्न्यापरमा एफ/२.४ अपर्चर रहेको छ।

ओप्पो फाइन्ड एन५ र वानप्लस ओपन २ क्वालकमको स्न्यापड्रागन ८ एलिट एसओसीद्वारा संचालित हुने उल्लेख गरिएको छ। त्यसका साथै फोनमा पेरिस्कोप टेलिफोटोसहितको तीनवटा ५० मेगापिक्सेल रियर क्यामराहरू, ८०डब्ल्यू (वाट) वायर र ५०डब्ल्यू (वाट) वायरलेस चार्जिङको लागि समर्थन भएको ५,९०० एमएएच ब्याट्री र पानी प्रतिरोधका लागि आईपीएक्स८ रेटिङ हुनपर्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १९ पुष २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया