प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

Technology Khabar १८ पुष २०८१, बिहीबार

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय
Global IME Bank

काठमाडौं ।

हेटौंडा ४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ। तीन हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अध्यापनका लागि शिक्षक शिक्षिकालाई प्रविधिमैत्री शिक्षण सामग्री हस्तान्तरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिले ७० जना शिक्षकशिक्षिकालाई प्रविधिमैत्री शिक्षण सामग्री प्रदान गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खान र विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले संयुक्त रूपमा स्थायी राहत दरबन्दी र निजी स्रोतका शिक्षकशिक्षिकालाई भ्वाइस एम्प्लिफायर, हेडफोनलगायतका सामग्री हस्तान्तरण गरे।

कक्षामा विद्यार्थी सङ्ख्या धेरै भएकाले शिक्षकशिक्षिकाको आवाज हरेक विद्यार्थीसम्म सहज रूपमा पुगोस् भन्ने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले बताए।

निरन्तर अध्यापन गराइरहँदा घाँटीमा समस्या आउने र बेला बेलामा आवाजसमेत बन्द हुने गरेकाले विद्यालय परिवारले उपलब्ध गराएको प्रविधिमैत्री शिक्षण सामग्री महत्त्वपूर्ण भएको विद्यालयका शिक्षक कृष्णगोपाल श्रेष्ठले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: १८ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया