Technology Khabar १८ पुष २०८१, बिहीबार
काठमाडौं ।
दोलखाको शैलुङ गाउँपालिका जिल्लाको पहिलो सञ्चारमैत्री पालिका बनेको छ। नेपाल टेलिकमबाट टावर निर्माण भई आवश्यक सेवा उपलब्ध भएकाले पालिका सञ्चारमैत्री बनेको गाउँपालिकाले जनाएको छ।
बडा नम्बर भैंसे र नादानत्लर्क डाँडामा दुई वटा नेपाल टेलिकमका टेलिफोन टावर निर्माण भई सञ्चालनमा आइसकेका छन्। बाघखोर बजारमा सयभन्दा बढी ल्यान्डलाइन फोन र इन्टरनेट सेवाको सुविधा भएको छ।
आठ वटै वडा कार्यालय र नौ वटा माध्यमिक विद्यालयमा इन्टरनेट सुविधा पनि सञ्चालनमा आएको छ। आठ वटै वडा कार्यालयमा अनसेवा सेवा प्रणालीको प्रारम्भ भएको छ। पालिकामा एप्टिए प्रविधिको आठ वटा टेलिफोन लाइन जडान तथा इन्टरनेट सुविधा विस्तार भएको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १८ पुष २०८१, बिहीबार