Technology Khabar १८ पुष २०८१, बिहीबार
काठमाडौं ।
चिनियाँ टेक जायन्ट शाओमीको इलेक्ट्रिक भेहिकल डिभिजनले आफ्नो डेब्यु मोडल एसयू७ को नतिजा सार्वजनिक गरेको छ। आफ्नो परिमार्जित डेलिभरी लक्ष्यलाई पनि पार गर्दै, शाओमीले यसको सुरुवातको वर्षमा १३०,००० एसयू७ हरू बेचेको र डेलिभरी गरेको छ, जुन प्रतिस्पर्धी ईभी बजारमा नयाँ प्रवेश गर्ने कम्पनीको लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ।
सन् २०२३ को डिसेम्बरमा एसयू७ अनावरण गरिएको थियो भने स्ट्याण्डर्ड, प्रो र म्याक्स गरी तीनवटा ट्रिम लेभलहरुका साथ सन् २०२४ को अप्रिलमा वितरण सुरु गरिएको थियो। स्ट्याण्डर्डको लागि २१५,९०० चिनियाँ युआन (२६,६०० यूरो) मूल्य कायम गरिएको छ भने म्याक्सको लागि २९९,९०० चिनियाँ युआन (३६,९०० यूरो) सम्मको मूल्य तय गरिएको छ जसले एसयू७ लाई टेस्लाको मोडेल ३ र अन्य मध्यम आकारको इलेक्ट्रिक सेडानहरूको प्रतिस्पर्धीको रूपमा स्थान दिएको उल्लेख गरिएको छ। त्यसैगरी स्ट्याण्डर्ड र म्याक्स संस्करणहरूबाट सुरु भएको डिलिवरीहरूलाई त्यसपछि मे महिनामा प्रो संस्करणहरूले पछ्याएको थियो।
सुरुवातमा, शाओमीले सन् २०२४ मा १००,००० एसयू७ हरू डेलिभर गर्ने लक्ष्य राखेको थियो जुन लक्ष्य पछि १२०,००० इकाइहरूमा परिमार्जन गरिएको थियो। एसयू७ को बलियो माग र सफल उत्पादन र्याम्प–अपले बिक्रीलाई अपेक्षाभन्दा बाहिर धकेल्यो। शाओमीले नोभेम्बरमा कम्पनीले पहिले नै १००,००० सवारी साधनहरू वितरण गरिसकेको र वर्षको लागि १३०,००० इकाइहरूको नयाँ लक्ष्य राखेको घोषणा गरेको थियो। साथै यो महत्वाकांक्षी लक्ष्य पनि निर्धारित समय भन्दा अगावै पूरा भएको थियो।
शाओमी ईभीले चाँडै नै सेडानको हाई–पर्फमेन्स (उच्च प्रदर्शन) संस्करण ‘एसयू ७अल्ट्रा’ र कम्पनीको पहिलो विद्युतीय एसयूभी ‘वाईयू७’ को परिचयसँगै आफ्नो उत्पादन लाइनअप विस्तार गर्ने उल्लेख गरिएको छ। एसयू७ अल्ट्राको मूल्य ८१४,९०० चिनियाँ युआन (१००,००० यूरो भन्दा बढी) कायम गरिएको छ भने सन् २०२५ को मार्चमा लन्च हुने अपेक्षा गरिएको छ। त्यसैगरी वाईयू७ सन् २०२५ को मध्य रिलीजको लागि तयार रहेको उल्लेख गरिएको छ।
शाओमीको दीर्घकालीन लक्ष्य विश्वव्यापी अटोमोटिभ उद्योगमा प्रमुख खेलाडी बन्ने भएको बताइएको छ। पहिलो–वर्षमा एसयू७ को प्रभावशाली प्रदर्शनको साथ, शाओमी सँग निर्माण गर्नको लागि बलियो आधार भएको र यो दुई वर्ष पुरानो ईभी निर्माताको लागि कुनै लक्ष्य, जतिसुकै महत्वाकांक्षी भए पनि पहुँच बाहिर नरहेको देखिन्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ पुष २०८१, बिहीबार