सन् २०२४ सम्ममा ‘बेबी शार्क डान्स’ युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियो

Technology Khabar १७ पुष २०८१, बुधबार

सन् २०२४ सम्ममा ‘बेबी शार्क डान्स’ युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियो
Global IME Bank

काठमाडौं ।

सन् २०२४ मा सूचना प्रविधिका साथमा मनोरञ्जन क्षेत्रमा पनि नयाँ कार्यहरु भएका छन्। सन् २०२४ मा सामाजिक सञ्जाल युट्युबको प्रभाव बढ्दो रह्यो। पछिल्लो समय विश्वप्रसिद्ध सेलिब्रेटीहरु पनि युट्युबमार्फत स्रोता, दर्शकमाझ पुग्नेक्रम जारी रह्यो। यसैक्रममा सन् २०२४ को अगष्टमा विश्वप्रसिद्ध फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि युट्युवमा च्यानल खोले। उनले खाता खोलेको ९० मिनेटमा एक करोडभन्दा बढी ‘सब्सक्राइबर्स’ पुगेका थिए। जुन हालसम्मकै कीर्तिमान हो।

वर्ष २०२४ सम्ममा युट्युबमा सबैभन्दा धेरै हेरिने भिडियोमा बालबालिकाका लागि तयार पारिएको ‘बेबी शार्क डान्स’ परेको छ। किड्स इन्टरटेनमेन्ट च्यानलमा रहेको उक्त भिडियो हालसम्म १५ अर्बभन्दा बढी पटक हेरिएको छ। दक्षिण कोरियामा निर्माण भएको यो भिडियो सन् २०१६ मा रिलिज गरिएको थियो।

हालसम्म युट्युवमा हेरिने भिडियोमा दोस्रो स्थानमा रहेको स्पेनका गायक लेइस फोन्सीको ‘डेस्पासिटो’ छ। उक्त गीत युट्युवमा मात्रै हालसम्म आठ दशमलव ६२ अर्ब पटक हेरिएको छ।

त्यसैगरी हिप–हपका दुई ठूला स्टारहरु ड्रेक र केन्ड्रिक लैमरबीचको लामो समयदेखिको विवाद सन् २०२४ मा पनि जारी रह्यो। क्यानाडाका र्‍यापर ड्रेकले युनिभर्सलप्रति कृत्रिमरुपमा स्ट्रीम बढाएको आरोप लगाएपछि विवाद अझ चर्को भएको छ। किनभने लैमरले उक्त ‘नट लाइक अस’ गीतमा ड्रेकलाई ‘पीडोफाइल’ भनेका थिए। उनले युनिभर्सल म्युजिकलाई आरोप लगाउनुका साथै स्पोटिफाइलाई पनि गैरकानुनी कार्यमा संलग्न भएको आरोप लगाएका थिए । यो विवाद अझै पनि जारी छ।

सन् २०२४ मा संगीत उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग अत्यधिक भयो। जेनरेटिभ एआई मोडेलहरूले मानिसहरुले सृजना गरेको जस्तै गीतका शब्द, सङ्गीत सृजना गर्न सक्ने भएपछि यसले यस क्षेत्रमा नयाँ चूनौती थपेको छ। यसबाट प्रतिलिपि अधिकार उल्लङ्घन मात्रै नभइ यसप्रकारको अभ्यासले कलाकारहरूको अधिकार र आम्दानी ठूलो असर गर्ने खतरा उत्पन्न गरेको छ। त्यसैकारण अहिले विभिन्न देशमा यससम्बन्धी कानून निर्माण गरी नियमनको प्रयास भइरहेको छ । सन् २०२४ मा यसको प्रयोग जनस्तरसम्म बढेपछि आगामी दिनमा यसको चुनौती थप बढ्ने आकलन गरिएको छ।

वर्ष २०२४ मा कोरियाली मनोरञ्जन क्षेत्रको प्रभाव पनि उल्लेख्य रह्यो। विशेष गरी के पप र के ड्रामा विश्वभर मन पराइयो। नेटफ्लिक्स र युट्युव जस्ता वैश्विक स्ट्रिमिङ प्लेटफर्मले कोरियाली सामग्रीलाई विश्वभरका दर्शकहरूसम्म पुर्याउन मद्दत गरे। बिटिएस, ब्ल्याकपिंक जस्ता के पप समूह र न्यूजिन्स र स्टेरी किड्स जस्ता समूहले पनि अन्तर्राष्ट्रिय सफलता पाए।

साथै कोरियाली ड्रामा जस्तै स्क्विड गेमले अघिल्लो वर्ष नै विश्वभर लोकप्रियता कमाएको थियो भने २०२४ को अन्तिममा यसको दोस्रो संस्करणले मन जितिरहेको छ। रासस

Sajilo Visa

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया