Technology Khabar १७ पुष २०८१, बुधबार
काठमाडौं ।
युरोपियन स्पेस एजेन्सी र स्याटेलाइट अपरेटर टेलिस्याट फाइभजी जडानको परीक्षण गर्ने विश्वमा पहिलो थिए र जसले लो–अर्बिटिङ कम्युनिकेसन्स स्याटेलाइट (तल परिक्रमा गर्ने सञ्चार उपग्रह) लाई जमिनमा रहेका ट्रान्समिटरहरूमा सीधा जडान गरेको थियो।
नेदरल्याण्ड्सको युरोपियन स्पेस रिसर्च एण्ड टेक्नोलोजी सेन्टर (ईएसटीईसी) मा अवस्थित युरोपेली अन्तरिक्ष एजेन्सीको फाइभजी र सीक्सजी कम्युनिकेसन टेक्नोलोजी ल्याबोरेटरीले ग्लोबल स्याटेलाइट अपरेटर टेलिस्याटद्वारा संचालित एलईओ ३ स्याटेलाइटसँग सफलतापूर्वक फाइभजी जडान स्थापित गरेको छ।
अमरिसोफ्टको फाइभजी टेक्नोलोजी (प्रविधि) प्रयोग गरेर, टोलील आकाशमा क्षितिजको माथिबाट ३८ डिग्रीको अधिकतम उचाइमा र क्षितिज तर्फ फर्किएर सर्दै गरेको स्याटेलाइट (उपग्रह) सँग स्टेबल कनेक्सन (स्थिर जडान) स्थापना गरेर कायम राख्न सफल भएको उल्लेख छ।
फाइभजी एनटीएन
जियोस्टेशनरी अर्बिट (भू–स्थिर कक्ष) मा रहेका स्याटेलाइट (उपग्रहहरू) का साथ पहिले पनि यस्तै प्रयोगहरू गरिसकिएको छ। यद्यपि फाइभजी नन्–टेरेस्ट्रियल नेटवर्क (एनटीएन) प्रविधिको लो–अर्बिटि (तल्लो कक्षा) मा स्याटेलाइट (उपग्रह) को साथको यो परीक्षण पहिलो सफल कार्यान्वयन भएको बताइएको छ जुन पृथ्वीका प्रयोगकर्ताहरू भन्दा धेरै छिटो सर्ने उल्लेख गरिएको छ। साथै केए–ब्यान्ड (Ka-band) भनेर चिनिने फ्रिक्वेन्सी ब्यान्डमा कनेक्सन (जडान) गरिएको थियो भने ईएसएले फोनको साथ फाइभजी स्याटेलाइट नेटवर्कको सजिलो प्रयोगको दिशामा यो एक महत्त्वपूर्ण कदम भएको बताएको छ।
त्यसैगरी यो उपलब्धिले पहिलेको अप्राप्य सञ्चार सम्भावनाहरूको लागि ढोका खोलेको छ जसले लो–अर्बिटि स्याटेलाइट (तल्लो–कक्षा उपग्रह) हरू स्ट्याण्डर्डाइज्ड (मानकीकृत) फाइभजी प्रविधिको साथ जोडिएर अब रियल–टाईम (समय), टु–वे कनेक्टिभिटि (दुई–तर्फी जडान) चाहिने सेवाहरूलाई समर्थन गर्न सक्ने उल्लेख गरिएको छ।
परीक्षण भइरहेको प्रविधिले हामीले आपतकालीन अवस्थामा सञ्चार गर्ने तरिकालाई परिवर्तन गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सक्छ वा विश्वको दुर्गम भागहरूमा विश्वव्यापी रूपमा सञ्चालन हुने व्यापारलाई परिवर्तन गर्न सक्छ भनि युरोपियन स्पेस एजेन्सीले उल्लेख गरेको छ।
यस दूरसंचार विधिको प्रयोगका उदाहरणहरूमा स्वायत्त सवारी साधनहरू, टाढाबाट चिकित्सा प्रक्रियाहरूको कार्य गर्ने र यात्रु विमानहरूलाई सीधा फाइभजीमा जडान गर्ने समावेश रहेका छन् जसले संसारको कुनै पनि भागमा यात्रुहरूलाई इन्टरनेट पहुँच प्रदान गर्न सक्छ।
यस परियोजनाको महत्त्वपूर्ण आविष्कारहरू मध्ये एक तथ्य भनेको यो खुला मापदण्डहरूमा आधारित रहेको छ भनि अन्तर्राष्ट्रिय दूरसञ्चार मानकीकरण संगठन ३जीपीपी ले बताएको छ। यसले सम्भावित रूपमा लागत र जमिनमा रहने पूर्वाधारको जटिलता कम गर्न र विभिन्न सेवा प्रदायकहरू बीचको अन्तरसम्बन्ध बढाउन मद्दत गदै भविष्यमा, मोबाइल डिभाइसहरू सिधै उपग्रहहरूमा जडान हुन सक्ने उल्लेख गरिएको छ।
सैद्धान्तिक रूपमा, प्रविधिले उदाहरणका लागि, चाहे शहरको केन्द्रमा होस् वा दुर्गम पहाडमा होस्, यसले निरन्तर कभरेज सुनिश्चित गर्दै स्थलीय नेटवर्कहरू र उपग्रहहरू बीचको स्विचिङलाई स्मूथ र सिमलेस (सहज) बनाउने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १७ पुष २०८१, बुधबार