एलजीको नयाँ अल्ट्रागियर जीएक्स९ सिरिज गेमिङ मनिटर सार्वजनिक

Technology Khabar १७ पुष २०८१, बुधबार

एलजीको नयाँ अल्ट्रागियर जीएक्स९ सिरिज गेमिङ मनिटर सार्वजनिक
Global IME Bank

काठमाडौं ।

एलजीले नयाँ अल्ट्रागियर जीएक्स९ सिरिजको साथ आफ्नो नवीनतम डब्ल्यूओएलईडि गेमिङ मनिटर हरूको घोषणा गरेको छ। उक्त ४५जीएक्स९९०ए र ४५जीएक्स९५०ए मोडेलमा ४५–इन्च स्क्रिन डायगोनल्सको साथ ५के२के रेजोल्युसन (५,१२० × २,१६०पीएक्स) र २१ः९ आस्पेक्ट रेसियो रहेको उल्लेख गरिएको छ।

साथै तिनीहरूले ०.०३एमएस (जीटीजी) रेस्पोन्स टाईम (प्रतिक्रिया समय) र भेरियबल रिफ्रेस रेट सपोर्टको सुविधा प्रदान गर्नेछ। यद्यपि एलजीले सही रिफ्रेस रेटको बारेमा भने उल्लेख गरेको छैन।

स्रोतका अनुसार ४५जीएक्स९९०ए को अझ प्रभावशाली कुरा भनेको यो एक साधारण प्रेसको साथ पूर्ण रूपमा फ्ल्याटबाट ९००आर कर्भेचरमा जान सक्नेछ। साथै यो मनिटर फ्ल्याट र कर्भ्ड दुवै हुने भएकाले फ्ल्याट वा कर्भ्ड मनिटर बीचमा चयन गर्न नसक्नेहरूका लागि यो मनिटर उपयुक्त हुने उल्लेख गरिएको छ।

त्यसैगरी ४५जीएक्स९५०ए मोडेल ८००आर कर्भेचरको साथ परम्परागत कर्भ्ड मनिटर भएको र यसमा फ्ल्याट हुनको लागि कुनै बेन्डिङ नभएको उल्लेख गरिएको छ।

दुवै नयाँ मनिटरहरू एनभिडिया जी–सिंक र एएमडी फ्रीसिंक प्रिमियम प्रो साथमा एचडीएमआई २.१ र डिस्प्लेपोर्ट २.१ कनेक्टिभिटीको साथ आएका छन्। त्यसैगरी ९० वाट पावर डेलिभरीको साथ एलजीको एन्टि–ग्लेयर एन्ड लो रिफ्लेक्शन (एजीएलआर) कोटिङ्ग र यूएसबी–सी पनि समावेश गरिएको  छ।

यसबाहेक नयाँ मनिटरहरूले स्वचालित आस्पेक्ट रेसियो र पिक्चर साइज समायोजनको साथ एलजीको डुअल–मोड सुविधालाई समर्थन गर्ने बताइएको छ।

एलजीले मूल्य निर्धारण र आधिकारिक उपलब्धता विवरणको बारेमा भने कुनै पनि जानकारी प्रदान गरेको छैन। एलजीले सीईएस २०२५ मा आफ्नो अल्ट्रागियर जीएक्स९ सिरिज मनिटरहरूको बारेमा थप विवरणहरू ल्याउने पुष्टि गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार