आगामी आईफोन एसईको सम्भावित मूल्य बाहिरियो

Technology Khabar १७ पुष २०८१, बुधबार

आगामी आईफोन एसईको सम्भावित मूल्य बाहिरियो
Global IME Bank

काठमाडौं ।

एप्पलले आगामी वर्ष अन्ततः आफ्नो आईफोन एसई रिफ्रेस गर्दैछ। अब यसले एप्पल आफैंले विकास गरेको मोडेमको साथ डेब्यू गर्ने तथ्यसहित हाल यसका बारेमा धेरै चर्चाहरु पनि सुन्नमा आएका छन।

कोरियाबाट बाहिरिएको एउटा अफवाहले नयाँ आईफोन एसईको मूल्य ४९९ अमेरिकी डलरमा सुरु हुने दावी गरेको छ जुन ‘भेनिला’ आईफोन १६ भन्दा ३०० अमेरिकी डलर कम हो।

साथै उक्त कम मूल्यले गर्दा एक पटक फेरि एसई मोडेललाई अझ सस्तो आईफोन प्राप्त गर्न खोज्नेहरूका लागि एकदमै आकर्षक विकल्प उल्लेख गरिएको छ।

सन् २०२२ मा लन्च गरिएको अघिल्लो आईफोन एसईको मूल्य ४२९ अमेरिकी डलरमा सुरु भएको थियो भने आगामी नयाँ आईफोन एसईको मूल्यमा ७० अमेरिकी डलर मूल्य वृद्धि हुन गइरहेको छ। साथै अफवाह अनुसार नयाँ मोडेलले प्याक गर्ने सबै अपग्रेडहरूलाई विचार गर्दा उक्त मूल्य वृद्धि जायज देखिने उल्लेख गरिएको छ।

त्यसैगरी नयाँ एसईमा ए१८ चिपसेट, एप्पल इन्टेलिजेन्सलाई समर्थन गर्ने ८जीबी र्याम र ६.०६–इन्चको ६० हर्ज ओएलईडी स्क्रिन रहने उल्लेख गरिएको छ।

यस बाहेक नयाँ एसई ४८ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको सेल्फी स्न्यापर र नचको साथ फेस आईडी सेन्सरहरू सहितको आईफोन १४ को अपडेटेड डिजाइनको सम्झना दिलाउने गरी आउने बताइएको छ।

सन् २०२५ को आईफोन एसईले आईफोन १६ बाट चिपसेट, र्याम र मुख्य क्यामरा सापट लिने देखिन्छ भने यसको मूल्य भिन्नतालाई कारक मान्दा, अधिक बेजेल–हेभी डिजाइन र अल्ट्रावाइड क्यामराको अभावले धेरै फरक नपार्न सक्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया