एनभिडियाद्वारा इजरायली एआई फर्म रन:एआईको अधिग्रहण पूरा

Technology Khabar १७ पुष २०८१, बुधबार

एनभिडियाद्वारा इजरायली एआई फर्म रन:एआईको अधिग्रहण पूरा
Global IME Bank

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले इजरायली एआई फर्म रन:एआईको अधिग्रहण पूरा गरेको छ। प्रतिस्पर्धा कानुनसम्बन्धी छानबिन पार गरेपछि अधिग्रहणले सम्पन्न भएको जानकारी उक्त स्टार्टअपले सोमबार दिएको हो।

युरोपेली आयोगले डिसेम्बरको सुरुवातमा एनभिडियको ७०० मिलियन डलरको रन:एआई खरिद प्रस्तावलाई बिना शर्त अनुमोदन दिएको थियो। आयोगले अक्टोबरमा यो सम्झौताले युरोपेली प्रतिस्पर्धा कानुनअनुसार स्वीकृति चाहिने बताएका रोयटर्सले उल्लेख गरेको छ।

ईयूको प्रतिस्पर्धा नियामकले यो सम्झौताले दुवै कम्पनीले सञ्चालन गर्ने बजारमा प्रतिस्पर्धामा असर गर्ने खतरा रहेको चेतावनी दिएको थियो। यस छानबिनले एनभिडियाले ग्राफिक्स प्रोसेसिङ युनिट्स (जीपीयू) को बजारमा आफ्नो पकड अझै बलियो बनाउन सक्ने अभ्यासलाई केन्द्रित गरेको थियो। प्रायः एआई सम्बन्धी कार्यहरूमा प्रयोग गरिने जीपीयूको बजारमा एनभिडियाको ८० प्रतिशत हिस्सा रहेको छ।

तर युरोपेली आयोगले डिसेम्बरको सुरुवातमा रन:एआईको अधिग्रहणले प्रतिस्पर्धामा कुनै चिन्ता नउठाउने निष्कर्ष निकालेको छ। यो अधिग्रहण अप्रिलमा घोषणा गरिएको थियो।

अमेरिकी न्याय विभाग (डीओजे) ले पनि रन:एआईको एनभिडियाद्वारा अधिग्रहणलाई प्रतिस्पर्धा कानुनको आधारमा अनुसन्धान गरिरहेको छ जसबारे पोलिटसकोले अगस्टमा रिपोर्ट गरेको थियो।

दुवै पक्षका नियामक निकायहरूले पछिल्लो समय स्टार्टअपहरूका अधिग्रहणले सम्भावित प्रतिस्पर्धीहरूलाई समाप्त गर्न सक्ने चिन्ताका कारण प्रविधि कम्पनीहरूको अधिग्रहणमाथि ध्यान केन्द्रित गरेका छन्।

रन:एआईले आफ्नो सफ्टवेयर ओपन-सोर्स बनाउने योजना बनाएको आफ्नो ब्लग पोस्टमा जनाएको छ। “हाल रन:एआईले केवल एनभिडिया जीपीयूलाई मात्र समर्थन गर्दछ तर सफ्टवेयरलाई ओपन-सोर्स बनाउनाले यसलाई सम्पूर्ण एआई पारिस्थितिक तन्त्रमा उपलब्ध गराउन सक्षम बनाउनेछ,” ब्लगमा भनिएको छ।

Sajilo Visa

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार