नेपाल टेलिकममार्फत भारतमा फोन गर्दा लाग्ने शुल्क घट्यो

Technology Khabar १६ पुष २०८१, मंगलवार

नेपाल टेलिकममार्फत भारतमा फोन गर्दा लाग्ने शुल्क घट्यो
फाइल
Global IME Bank

काठमाडौं ।

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भारतमा फोन गर्दा लाग्ने शुल्क घटाएको छ। कम्पनीले भारतमा सस्तो दरमा कल गर्नका लागि एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो।

जसअनुसार, टेलिकमको नेटवर्क प्रयोग गरेर आजदेखि भारतमा फोन गर्दा प्रतिमिनेट करबाहेक ३ रुपैयाँ ७६ पैसा लाग्ने टेलिकमले जनाएको छ।

टेलिकमले मंगलबारदेखि एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको जानकारी दिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राती १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३ रुपैयाँ ७६ पैसा कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिए।

यसैगरी एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया