अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालले प्रविधि संसारलाई कस्तो प्रभाव पार्ला?

Technology Khabar १६ पुष २०८१, मंगलवार

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालले प्रविधि संसारलाई कस्तो प्रभाव पार्ला?
Global IME Bank

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल धेरै तरिकामा परिणाममुखी हुने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा कार्यालय प्रवेश गरेपछि प्राविधिक क्षेत्र प्रभावको एक प्रमुख क्षेत्र हुनेछ।

नयाँ राष्ट्रपतिको लागि तत्कालको मुद्दा भनेको ग्रहको सबैभन्दा ठूलो सोशल मिडिया प्लेटफर्महरू मध्येको एक टिकटकको भविष्य हुनेछ जुन अमेरिकामा प्रतिबन्धको सामना गर्ने वा बिक्री हुनेछ र जसले विश्वव्यापी रूपमा कम्पनीको व्यवसायलाई पुनः आकार दिन सक्नेछ।

यो एपको सम्बन्ध चिनियाँ राज्यसँग रहेको भन्दै प्रतिबन्ध लगाइएको अमेरिकाले बताएको छ। तर टिकटक र अभिभावक कम्पनी बाइटडान्सले भने बारम्बार यो आरोप अस्वीकार गरिरहेका छन्।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध समर्थन गरेका थिए। हाल भने उनको अडान नरम भएको देखिएको छ र उनले सार्वजनिक रूपमा अब यस्तो प्रतिबन्धको विरोध गर्दै एपको लागि आफ्नो हृदयमा नरमपना रहेको बताएका छन्।

राष्ट्रपति जो बाइडेनद्वारा कानूनमा हस्ताक्षर गरिएको प्रतिबन्ध ट्रम्पको सपथग्रहण हुनुभन्दा एक दिन अघि जनवरी १९ मा लागू हुनेछ।

अमेरिकी सर्वोच्च अदालतले आगामी जनवरी १० तारिखमा टिकटकबाट लास्ट–डिच (अन्तिम) कानूनी तर्कहरू सुन्न सहमत भएको छ भने त्यस सुनुवाइको समयसीमा र त्यहाँबाट आउने कुनै पनि निर्णयको आधारमा टिकटकको अन्तिम भाग्य ट्रम्पको हातमा हुन सक्ने उल्लेख गरिएको छ।

यसले मेटा–स्वामित्वको इन्स्टाग्रामलाई नियन्त्रण हस्तान्तरण गर्दै यसको सबैभन्दा ठूलो बजारबाट सर्ट–फर्म भिडियो कन्टेन्टमा केही ठूला खेलाडीहरूलाई हटाउने भएकाले एपमाथिको प्रतिबन्धले अमेरिकामा मात्र नभएर विश्वव्यापी रूपमा सामाजिक सञ्जाल परिदृश्यमा प्रभाव पार्ने उल्लेख गरिएको छ।

फराकिलो प्रविधि उद्योगले पनि राष्ट्रपति–कार्यकाललाई उनको अघिल्लो प्रशासनको समयमा भन्दा फरक तवर अपनाउने देखिएको छ। विगतमा ठूला फर्महरूले आफूलाई ट्रम्पबाट टाढा राखेका थिए भने केही सोशल मिडिया फर्महरूले अमेरिकी क्यापिटलमा भएको जनवरी ६ को दंगा पछि उनलाई उनीहरूको आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाका थिए।

यसको विपरित, मेटा संस्थापक मार्क जुकरबर्ग र एप्पलका प्रमुख कार्यकारी टिम कुक लगायत टेक क्षेत्रका केही ठूला अधिकारीहरूले ट्रम्पलाई ह्वाइट हाउस फर्कनु अघि फ्लोरिडामा भेटेको रिपोर्ट गरिएको छ।

ट्रम्पको चुनावसँगै क्रिप्टोकरेन्सीको मूल्यले पनि प्रतिक्रिया दिएको उल्लेख छ। क्रिप्टो फ्यान इलन मस्कको आगामी प्रशासनसँगको निकटताको साथै राष्ट्रपति–निर्वाचित ट्रम्पले प्रो–क्रिप्टो र डिजिटल सम्पत्ति बनाउने उनको योजना रहेको खुलासा गर्दै कुनै गोप्य कुरा नगरेको कारणले बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ।

त्यसैगरी उनले क्रिप्टो अधिवक्ता पाउल एटकिन्सलाई युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको नेतृत्व गर्न चयन गरेका छन्, जसले गर्दा बिटकोइनको मूल्य अझ बढेको उल्लेख छ।

यद्यपि आगामी राष्ट्रपतिले अन्य प्रमुख प्राविधिक नीति मुद्दाहरूमा अमेरिकामा मात्र नभएर विश्वव्यापी रूपमा कस्तो तवर अपनाउने छन् भन्ने बारेमा भने स्पष्टता नभएको उल्लेख गरिएको छ।

आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) को निरन्तर वृद्धि र यसको विकासको क्रममा आवश्यक सुरक्षा मापदण्डहरू वरपरको बहस एक जटिल र चलिरहेको मुद्दा भएको बताइएको छ। यद्यपि ट्रम्पले यसबारे धेरै बोलेका छैनन्।

यसका साथै विशेष गरी युवा इन्टरनेट प्रयोगकर्ताहरू लक्षित अधिक सामान्य अनलाइन सुरक्षा र कल्याणको मुद्दामा पनि एक नीति क्षेत्र भएको जसमा राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमा एक अडान लिन आवश्यक हुने इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार