मुसाका लागि पनि बन्यो ‘भीआर ग्लासेस’, यस्तो छ कारण

Technology Khabar १६ पुष २०८१, मंगलवार

मुसाका लागि पनि बन्यो ‘भीआर ग्लासेस’, यस्तो छ कारण
Global IME Bank

काठमाडौं ।

वैज्ञानिकहरूले मुसाहरूका लागि टाइनी भीआर गगल्स (सानो भीआर चश्मा) बनाएका छन्। जनावरहरूले कसरी व्यवहार गर्छन् भन्ने राम्रोसँग अध्ययन गर्नको लागि वैज्ञानिकहरूले उक्त भीआर ग्लासेस बनाएको उल्लेख गरिएको छ।

कर्नेल युनिभर्सिटीका अध्ययनकर्ताहरूले स्मार्टवाच स्क्रिन र साना लेन्सहरू जस्ता कम लागतका अफ–द–सेल्फ कम्पोनेन्टहरू प्रयोग गरेर माउसगगल्स बनाएका हुन्।

अध्ययनकर्ताहरूले मुसाहरूलाई ग्लासेस (चश्मा) लागाइदिएर मुसाहरूले विभिन्न उत्तेजनाहरूमा कस्तो प्रतिक्रिया देखाउँछन् भनी अध्ययन गरेको स्काईन्यूजले उल्लेख गरेको छ।

भीआरको सबैभन्दा प्रभावकारी परीक्षणहरू मध्ये एक भनेको मुसाहरूलाई एक्सपान्डिङ्ग डार्क स्पट तिनीहरूको नजिक आउँदैछ भन्ने विश्वास गराउँदै ट्रिक गरिएको कर्नेल युनिभर्सिटीले बताएको छ।

“जब हामीले ठूला स्क्रिनहरूको साथ सामान्य भीआर सेटअपमा यस प्रकारको परीक्षण प्रयास गर्यौं, मुसाले कुनै प्रतिक्रिया देखाएनन्,” अध्ययनका प्रमुख लेखकहरू मध्ये एक म्याथ्यू आइज्याक्सनले भने।

“तर लगभग हरेक एक मुसाले, पहिलो पटक चश्माबाट हेर्दा, तिनीहरूले हाम फालेका थिए। तिनीहरूले ठूलो चकित प्रतिक्रिया दिए। तिनीहरूले वास्तवमै आफूलाई नजिकैको सिकारीले आक्रमण गरेको जस्तो ठाने’,  उनले थप उल्लेख गरे।

लगभग एक दशक पहिले कर्नेल टोलीले भर्चुअल रियालिटी वातावरणमा नेभिगेट गर्दै मुसाहरू अध्ययन गर्न सकियोस् भनेर महँगो डिस्प्लेहरू डिजाइन गर्न थालेको थिए। यद्यपि डिभाइसहरू प्रायः प्रभावहीन भएको उल्लेख गरिएको छ।

यसको सट्टा आइज्याक्सनले सरल हुने किसिमको ग्लासेसहरू भेला गर्ने निर्णय गरे र उनलाई चाहिने धेरै कम्पोनेन्टहरू पहिले नै बजारमा उपलब्ध थिए भनी टेलीग्राफले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया