नयाँ वर्षमा फोटोग्राफीको लागि स्मार्टफोन लिने विचारमा हुनुहुन्छ? यीमध्ये एउटा हुनसक्छ उत्कृष्ट रोजाई

Technology Khabar १६ पुष २०८१, मंगलवार

नयाँ वर्षमा फोटोग्राफीको लागि स्मार्टफोन लिने विचारमा हुनुहुन्छ? यीमध्ये एउटा हुनसक्छ उत्कृष्ट रोजाई
Global IME Bank

काठमाडौं ।

अंग्रेजी नयाँ वर्ष २०२५ आउन केबल एक दिन मात्र बाँकी छ। नयाँ वर्ष उत्सव, प्रतिबिम्ब र सम्झनाहरू कैद गर्ने समय हो। मोबाइल फोटोग्राफीमा भएको प्रगतिका साथ स्मार्टफोनहरू अब आश्चर्यजनक तस्बिरहरू लिनको लागि शक्तिशाली डिभाइस (उपकरण) बनेका छन्।

आजभोली स्मार्टफोनहरुले फोटोग्राफीलाई समेत ध्यानमा राखेर विभिन्न फिचर र क्षमताहरु फोनमा राख्ने गरेका छन्।

नयाँ वर्षका तपाईँका गतिबिधिहरु तथा उत्सवहरू तस्बिरमा कैद गर्नका लागि उपयुक्त हुने हाल उपलब्ध केही उत्कृष्ट स्मार्टफोनहरू यस्ता छन्:

१. एप्पल आईफोन १६ प्रो र प्रो म्याक्स

आईफोन १६ प्रो र प्रो म्याक्स नयाँ वर्षको पूर्वसन्ध्याका आकर्षक तस्बिरहरू खिच्नका लागि शीर्ष दावेदारहरू हुन्। एप्पलको पछिल्लो फ्ल्यागशिपमा क्वाड–पिक्सेल टेक्नोलोजीको साथ ४८ मेगापिक्सेलको मुख्य सेन्सरसहितको शक्तिशाली क्यामरा प्रणाली समावेश गरिएको छ।

यसले चुनौतीपूर्ण लो–लाईट (कम प्रकाश) अवस्थाहरूमा पनि प्रभावशाली विवरण र गतिशील दायराको साथ तस्बिरको गुणस्तरमा वृद्धि गर्दछ।

गिज्मोचाइनाका अनुसार अटोफोकस र म्याक्रो क्षमताहरूसहितको ४८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामराको साथ उत्सव सजावट र जटिल विवरणहरूको आश्चर्यजनक क्लोज–अपहरू खिच्न सकिनेछ।

साथै अब दुवै प्रो मोडेलहरूमा उपलब्ध ५× टेलिफोटो लेन्सले टाढाको आतिशबाजी र उत्सवहरू नजिक ल्याउनका लागि मद्दत गर्नेछ भने फोटोनिक इन्जिनजस्ता उन्नत कम्प्युटेशनल फोटोग्राफी सुविधाहरूले विभिन्न प्रकाश परिदृश्यहरूमा आश्चर्यजनक परिणामहरू सुनिश्चित गर्दछ।

त्यसैगरी भिडियो रेकर्डिङले पनि फोरके १२०एफपीएस सपोर्टको साथमा नयाँ वर्षको उत्सवको सहज र सिनेम्याटिक फुटेज खिच्न सहयोग पुर्याउँछ। स्पासियल अडियो रेकर्डिङ समावेश भएकाले यसले चाडपर्वको वातावरणलाई सही रूपमा खिच्दै भिडियोहरूमा इमर्सिभ आयाम थप्ने उल्लेख गरिएको छ। आईफोन १६ प्रो सिरिज प्रिमियम श्रेणीमा पर्दछ।

२. ओप्पो फाइन्ड एक्स८ प्रो

ओप्पो फाइन्ड एक्स८ प्रोले जुम क्षमता र डिस्प्ले गुणस्तरलाई जोड दिएको छ। यसमा क्वाड ५०मेगापिक्सेल रियर क्यामरा प्रणालीको साथ ६× सम्मको अप्टिकल जूम प्रदान गर्ने सोनी एलवाईटी–६०० र सोनी आईएमएक्स८५८ सेन्सरहरू सहितको डुअल पेरिस्कोप टेलिफोटो लेन्सहरू रहेका छन्।

यी क्षमताहरूले यसलाई टाढाका विषयहरू जस्तै नयाँ वर्षको पूर्वसन्ध्याका आतिशबाजीलाई उल्लेखनीय स्पष्टताका साथ खिच्नका लागि उत्कृष्ट विकल्प बनाएको उल्लेख गरिएको छ।

यसको ५० मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरामा सामसङ एस५केजेएन५ सेन्सर र एक ५० मेगापिक्सेलको सोनी एलवाईटी–८०८ मुख्य सेन्सर प्रयोग गरिएको उल्लेख छ जसले आश्चर्यजनक ग्रुप शटहरू र असाधारण लो–लाईट (कम प्रकाश) पर्फमेन्स प्रदान गर्ने बताइएको छ।

बीओईको ६.८ इन्चको १.५के १२०हर्ज एलटीपीओ माइक्रो–कर्भ्ड एएमओएलईडी डिस्प्ले सुसज्जित स्मार्टफोनले जीवन्त रङहरू प्रदान गर्दै तस्बिर र भिडियोहरू हेर्ने अनुभव वृद्धि गर्नको लागि स्मूथ स्क्रोलिङ प्रदान गर्दछ।

यसबाहेक यसले शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ९४०० एसओसी, ८०डब्ल्यू फास्ट चार्जिङ सपोर्ट गर्ने ५९१०एमएएच ब्याट्री समावेश गरेको छ जसले सहजै तस्बिरहरू खिच्न र प्रोसेसका लागि निर्बाध प्रदर्शन सुनिश्चित गर्दछ।

३. भिभो एक्स१०० अल्ट्रा

भिभो एक्स१०० अल्ट्रामा अतुलनीय तस्बिर स्पष्टताको लागि मुख्य क्यामरामा १ इन्च सोनी एलवाईटी–९०० सेन्सर र प्रभावशाली जुम क्षमताहरूको लागि २००एमपी (मेगापिक्सेल) आईएसओसीईएलएल एचपी९ पेरिस्कोप क्यामरा सहितको क्यामरा प्रणाली समावेश गरिएको छ।

यो स्मार्टफोन भिभोको स्वामित्वको ब्लूइमेज एल्गोरिदमसँग आएको उल्लेख छ जसले नयाँ वर्षको पूर्वसन्ध्याको आतिशबाजी र साँझका कार्यक्रमहरू खिच्नका लागि उत्तम, लो–लाईट (कम प्रकाश) र ब्याकलिट शटहरू सुनिश्चित गर्दछ।

त्यसैगरी भिभो एक्स१०० अल्ट्राले फोरके १२०एफपीएस रेकर्डिङ र डल्बी भिजनको लागि समर्थन सहित भिडियो रेकर्डिङमा पनि उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरिएको छ। यद्यपि, फोनको उपलब्धता निश्चित क्षेत्रहरूमा सीमित हुन सक्ने बताइएको छ।

४. शाओमी १४ अल्ट्रा

शाओमी १४ अल्ट्राले वास्तवमै कम्प्रिहेन्सिभ क्यामरा सिस्टम प्रदान गर्दछ। क्वाड रियर क्यामरा सेटअपमा भेराएबल अपर्चर सहितको १ इन्चको सोनी एलवाईटी–९०० मुख्य सेन्सर समावेश गरिएको छ जसले डेफ्थ अफ फिल्डमा बढी नियन्त्रण गर्न सघाउने बताइएको छ।

शाओमी १४ अल्ट्रामा सबै लाइका सुम्मीलक्स अप्टिक्सको गरी ५० मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, ५० मेगापिक्सेलको ३.२× टेलीफोटो लेन्स र ५० मेगापिक्सेलको ५× पेरिस्कोप टेलिफोटो लेन्स रहेको र जसले विभिन्न शूटिङ परिदृश्यहरूको लागि भर्सट्यालिटी प्रदान गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी स्न्यापड्रागन ८ जेन ३ ले उच्चस्तरको पर्फमेन्स सुनिश्चित गर्दछ भने फास्ट चार्ज सहितको ठूलो ब्याट्रीले स्मार्टफोनलाई दिनभर शक्ति प्रदान गर्ने बताइएको छ। साथै स्मार्टफोनको बलियो निर्माण गुणस्तर र आईपी६८ रेटिङले यसको आकर्षणलाई अझ बढाएको उल्लखे गरिएको छ।

५. भिभो एक्स२०० प्रो

भिभो एक्स२०० प्रोमा १/१.२८–इन्च साइज र उन्नत ईमेज प्रोसेसिङको साथ ५० मेगापिक्सेलको सोनी एलवाईटी–८१८ मुख्य सेन्सर रहेको छ जसले यसलाई नयाँ वर्षको फोटोग्राफीको लागि बहुमुखी विकल्प बनाएको छ।

स्मार्टफोनमा रहेको २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले टाढाबाट जटिल विवरणहरू खिच्नको लागि ३.७× अप्टिकल जूम प्रदान गर्दछ। साथै स्मार्टफोनले उत्कृष्ट भिजिबिलिटीका लागि ४५०० निट्सको प्रभावशाली पीक ब्राइटनेससहित ६.७८ इन्चको एलटीपीओ एएमओएलईडी डिस्प्ले प्रदान गरेको छ।

यस स्मार्टफोनमाले १६ जीबी सम्मको रर्यामसँग जोडिएको शक्तिशाली डाइमेन्सिटी ९४०० प्रोसेसर समावेश गरेको छ जसले फोरके ब्याकलिट पोट्र्रेट भिडियोलाई र उन्नत भिडियो गुणस्तरको लागि डल्बी भिजनलाई समर्थन गर्दछ। बलियो ६०००एमएएच ब्याट्री र फास्ट चार्जिङको साथ, भिभो एक्स२०० प्रोले अविस्मरणीय क्षणहरू कैद गर्नको लागि सहयोग गर्ने उल्लेख गरिएको छ।

सही फोनको छनोट

यी प्रत्येक स्मार्टफोनले नयाँ वर्षका तस्बिरहरू खिच्नका लागि अद्वितीय शक्तिहरू प्रदान गर्दछ। आईफोनहरूले उत्कृष्ट अलराउण्ड क्यामरा पर्फमेन्सको साथ एक पोलिस्ड र सहज अनुभव प्रदान गर्दछ।

ओप्पो फाइन्ड एक्स८ प्रोले हाई रिजोल्युसन ईमेजिङ र शक्तिशाली जुमलाई जोड दिन्छ।

भिभो एक्स१०० अल्ट्रा र एक्स२०० प्रो दुबै टेलिफोटो फोटोग्राफीमा उत्कृष्ट छन्।

शाओमी १४ अल्ट्रा एक उच्च बहुमुखी क्यामरा प्रणालीको साथ एक कम्प्रिहेन्सिभ फ्ल्यागशिप हो।

नयाँ वर्षका सम्झनाहरू खिच्नका लागि उत्तम स्मार्टफोन छनोट गर्ने क्रममा जूम क्षमता, भिडियो रेकर्डिङ सुविधाहरू वा समग्र तस्बिर र भिडियोको गुणस्तर जस्ता आफ्ना विशिष्ट आवश्यकताहरू र प्राथमिकताहरूलाई विचार गर्नुहोस्।

यी मध्ये जुनसुकै स्मार्टफोन छाने पनि यी स्मार्टफोनहरूले तपाईँलाई नयाँ वर्षमा मनमोहक फोटोहरु र भिडियोहरू खिच्न मद्दत गर्न सक्नेछन्।

Sajilo Visa

प्रकाशित: १६ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया