लाभा युवा २ फाइभजीको घोषणाः मार्बल ब्याक डिजाइन तथा युनिसोक टी७६० चिपसेट समावेश

Technology Khabar १४ पुष २०८१, आईतवार

लाभा युवा २ फाइभजीको घोषणाः मार्बल ब्याक डिजाइन तथा युनिसोक टी७६० चिपसेट समावेश
Global IME Bank

काठमाडौं ।

लाभा मोबाइल्सले भारतमा युवा २ फाइभजी नामक आफ्नो नयाँ बजेट स्मार्टफोन प्रस्तुत गरेको छ। यसले पछाडि मार्बल–लाईक फिनिश र क्यामरा आइल्याण्डको वरिपरि नोटिफिकेसन लाईट फिचर गर्दै लाइनअपमा केही नवीनताहरू ल्याएको छ।

यो डिभाइसमा ४जीबी र्याम र १२८जीबी स्टोरेजको साथमा युनिसोक टी७६० चिपसेट समावेश गरिएको छ। साथै डिभाइसको स्टोरेज माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न सकिने उल्लेख छ।

युवा २ मा फोइभजी एचडी+ (प्लस) रिजोल्युसन र ९० हर्ज रिफ्रेस दर सहितको ६.६७–इन्चको एलसीडी समावेश गरिएको छ। साथै डिस्प्लेलाई ७०० निट्सको ब्राइटनेसमा मूल्याङ्कन गरिएको छ भने डिस्प्लेमा ८ मेगपिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको लागि पञ्च–होल कटआउट रहेको छ।

यसबाहेक पावर बटनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर इम्बेड गरिएको र ३.५एमएम हेडफोन ज्याकका साथै डुअल स्टेरियो स्पिकरहरू समावेश गरिएको उल्लेख छ।

युवा २ फोइभजीको पछाडि, ५० मेगपिक्सेलको मुख्य क्यामरा र २ मेगपिक्सेलको सहायक लेन्स रहेको छ। सफ्टवेयर साइड भने एन्ड्रोइड १४ द्वारा कभर गरिएको र १८ वट चार्जिङ समर्थन गर्ने ५,००० एमएएच ब्याट्री रहेको उल्लेख गरिएको छ।

लाभा युवा २ फाइभजी मार्बल ब्ल्याक (कालो) र मार्बल ह्वाईट (सेतो) रङ्गहरूमा आउने बताइएको छ। साथै यसको ४/१२८जीबी ट्रिमको लागि ९,४९९ भारतीय रुपैयाँ (१११ अमेरिकी डलर) मूल्य कायम गरिएको उल्लेख छ। यो डिभाइस आजदेखि भारतभरका लाभा रिटेल स्टोरहरूबाट उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया