वानप्लस प्याड चीनमा डेब्यू: डाइमेन्सिटी ८३५०, ११.६ इन्च डिस्प्ले र ९५२० एमएएच ब्याट्री समावेश

Technology Khabar १४ पुष २०८१, आईतवार

वानप्लस प्याड चीनमा डेब्यू: डाइमेन्सिटी ८३५०, ११.६ इन्च डिस्प्ले र ९५२० एमएएच ब्याट्री समावेश
Global IME Bank

काठमाडौं ।

वानप्लसले आधिकारिक रूपमा वानप्लस प्याडलाई चीनमा एस ५ सिरिज लन्च कार्यक्रममा अनावरण गरेको छ। यो बजेट–अनुकूल ट्याब्लेटको परिचयात्मक मूल्य १९९९ युआन (लगभग २७४ अमेरिकी डलर) मा सुरु हुने बताइएको छ।

मिडियाटेक डाइमेन्सिटी ९००० चिपसेट द्वारा सञ्चालित गत वर्षको विश्वव्यापी संस्करणको विपरीत यो मोडेलले भने नयाँ कन्फिगरेसन प्रदान गर्ने उल्लेख गरिएको छ। साथै प्रारम्भिक खरीदकर्ताले एउटा स्टाइलस सित्तैंमा प्राप्त गर्नेछन्।

 वानप्लस प्याडका स्पेसिफिकेसनहरू
वानप्लस प्याडमा १४४ हर्जको उच्च रिफ्रेस दरको साथ ११.६ इन्चको एलसीडी डिस्प्ले रहेको छ। उक्त डिस्प्लेले गेमिङ, स्ट्रिमिङ र प्रोडक्टिभिटि (उत्पादकताका) लागि सहज भिजुअलहरू सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

साथै यो २८००×२००० को रिजोल्युसन, ७ः५ एसपेक्ट रेसियो र ७०० निट्सको पिक ब्राइटनेसको साथ आएको हुनाले डिस्प्लेलाई जीवन्त र उज्यालो वातावरणमा पनि प्रयोग गर्न मिल्ने बताइएको छ।

हुड अन्तर्गत, पर्फमेन्स र इफिसियन्सिको लागि कोर्टेक्स–ए७१५ र कोर्टेक्स–ए५१० कोरहरू संयोजन गर्दै, ४एनएम प्रक्रियाको साथ मिडियाटेक डाइमेन्सिटी ८३५० चिपसेटद्वारा डिभाइस संचालित हुने उल्लेख गरिएको छ।

यसले माली–जी६१५ एमसी६ जीपीयू स्मूथ ग्राफिक्सको लागि र विस्तारित गेमिङको समयमा दिगो कार्यसम्पादनको लागि ३४,६१५ एमएम२ ग्राफिन कूलिङ एरिया समावेश गरेको बताइएको छ।

त्यसैगरी कलरओएस १५ मा रन हुने ट्याब्लेट प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्न डिजाइन गरिएको उल्लेख छ। यसले एनएफसी–बेस्ड क्विक कनेक्टिभिटि (आधारित द्रुत जडान) र क्रस–इकोसिस्टम फाइल सेयरिङ (साझेदारी) जस्ता फिचर्स (सुविधाहरू) लाई समर्थन गर्दछ।

यसबाहेक एआई लर्निग टुल्सहरू प्रणालीमा इन्टिग्रेट (एकीकृत) गरिएको हुनाले यो ट्याब्लेट उत्पादकत्व र शैक्षिक उद्देश्यका लागि उपयुक्त हुने थप उल्लेख गरिएको छ।

२. मूल्य निर्धारण र उपलब्धता
वनप्लस प्याड चारवटा कन्फिगरेसनहरूमा उपलब्ध हुन्छन् भने तिनीहरुको मूल्यहरू निम्नानुसार छन्ः

  • ८ जीबी + १२८ जीबीः १९९९ युआन (२७४ अमेरिकी डलर)
  • ८ जीबी + २५६ जीबीः २२९९ युआन (३१४ अमेरिकी डलर)
  • १२ जीबी + २५६ जीबीः २६९९ युआन (३६९ अमेरिकी डलर)
  • १२ जीबी + ५१२ जीबीः ३०९९ युआन (४२४ अमेरिकी डलर)

त्यसैगरी वनप्लस प्याडले ३९९ युआन (५४ अमेरिकी डलर) को मूल्यको स्मार्ट स्टाइलस र ४९९ युआन (६८ अमेरिकी डलर) मा स्मार्ट किबोर्ड जस्ता सामानहरू पनि प्रदान गर्दछ भने प्रारम्भिक खरीददारहरूले स्टाइलस निःशुल्क प्राप्त गर्न सक्नेछन्। यो वानप्लस प्याड गो २ को रूपमा विश्वव्यापी रूपमा लन्च हुने अपेक्षा गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार