Technology Khabar १३ पुष २०८१, शनिबार
काठमाडौं ।
आइसयएले अप्रिलमा घोषणा गरेको लगानी चरणमा थप ६५ मिलियन डलर जुटाएको छ। यसले सिन्थेटिक अपर्चर राडार (एसएआर) स्याटेलाइट इमेजिङ कम्पनीले जम्मा उठाएको रकम ५०० मिलियन डलरभन्दा बढी पुऱ्याएको छ।
डिसेम्बर १८ मा कम्पनीले अप्रिलमा घोषणा गरेको सिरिज ‘ई’ चरणको विस्तार गरेको जानकारी दिएको थियो जसमा ९३ मिलियन डलर जुटाइएको थियो। अप्रिलको चरणको नेतृत्व गरेको फिनल्याण्डको सार्वभौम धन कोष सोलिडियम ओए यस विस्तारमा पनि सहभागी भएको स्पेसन्युज डटकमले उल्लेख गरेको छ।
यसका साथै ब्ल्याकरक, सेराफिम, प्लियो लिमिटेड र फिनटेक उद्यमी क्रिस्टो जर्जिएभले पनि लगानी गरेका छन्। यस विस्तारसँगै आइसिएले हालसम्म कुल ५०३ मिलियन डलर उठाएको छ।
ऋण र इक्विटी दुवै समावेश रहेको नयाँ लगानी आइसिएको एसएआर स्याटेलाइट समूहको विस्तार र यसको इन्टेलिजेन्स, सर्भिलेन्स र रिकन्सन्स (आइएसआर) प्लेटफर्म र सम्बन्धित प्रणालीहरूलाई समर्थन गर्न प्रयोग हुनेछ।
“हाम्रो वृद्धि लगानी चरणको यो विस्तारले आइसिएको क्षमतामा थप लगानी बलियो बनाउँछ र हामीलाई विश्वव्यापी रक्षा र आइएसआर बजारमा बढ्दो मागलाई अझ राम्रोसँग सम्बोधन गर्न सक्षम बनाउँछ,” आइसिएकी प्रमुख वित्त अधिकारी सुसन रेपोले एउटा विज्ञप्तिमा भनिन्।
प्रकाशित: १३ पुष २०८१, शनिबार